आइसीसी वल्र्ड डिभिजन थ्रीमा नेपाल र बर्मुडा भिड्ने


१८ वैशाख, काठमाण्डौं । आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपाल आज आयोजक बर्मुडासंग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे बर्मुडाको सेन्ट डेभिडस क्रिकेट क्लबको मैदानमा हुनेछ । लगातार दुई खेल हारेसंगै नेपालको डिभिजन २ मा पुग्ने यात्रा कठिन बनेको छ । शीर्ष २ मा पुग्ने सम्भावना जिवितै राख्न नेपालले आजको खेल जित्नै पर्ने दबाव छ । शीर्ष दुईमा पर्न नसकेको अवस्थामा डिभिजन ३ मा कायमै रहनका लागि पनि नेपालका लागि आजको खेल गर या मरको हुनेछ । नेपाल र बर्मुडा एकदिवसीय खेलमा पहिलो पटक भिड्न लागेका हुन् । ट्वान्टी ट्वान्टीमा गत वर्ष भएको भेटमा नेपालले बर्मुडालाई हराएको थियो । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.