हेर्नुहोस् त यो अचम्मको संसार :कसरी कष्ट खपेर बाँचेका छन् मलद्धार नभएका बालक?

सुनसरीको कुसहा–५ की फुलकुमारी मण्डलले दश महिना अगाडि कोशी अञ्चल अस्पतालमा छोरो जन्माइन् । छोरो जन्मेको थाहा पाएपछि उनलाई कम्ति खुसी लागेन । तर नवजात शिशुको मल्लद्धार नै नभएको थाहा पाएपछि उनको खुसी क्षणभरमै विलायो । फुलकुमरीलाई आफ्नो छोरो बाँच्छ भन्ने नै लागेन । धेरैले पत्याउन नसक्ने घटना भोगेकी छिन् उनले । उनको छोरो अहिले पनि जिवित नै छन् । तर पीडा सहिनसक्नुको छ ।
मानिस खाना नखाई बाँच्दैन । तर खाएको खाना शरीरबाट विकारको रुपमा बाहिर निस्किन पाएन भने पनि मान्छे बाँच्न सक्दैन । शरिरमा मल्लद्धार नै नभएको फुलकुमारीको छोरा दिलखुस मण्डल जीवितै छन् । छोरा यसरी बाँच्ला भन्ने उनलाई समेत पत्यार थिएन ।
दिलखुसले खाएको खाना बाहिरीन बाटो नपाएपछि उनको पेट नै फुट्यो र दिशापीसाव बाहिर आयो । नाइटो नजिकै फुटेर प्वाल परेको छ । अहिले पनि त्यही प्वालबाट निश्किएको आन्द्राबाट दिशा पिशाव गर्छन् दिलखुस । पेट फुटेको ठाउँमा आलो घाउ छ । दिशा पिसाव निस्कँदा प्रत्येक पल्ट पीडा हुन्छ उनलाई । १० महिनाका यी बालक पीडा खपेर बाँचिरहेका छन् ।
आमा फुलकुमारी मण्डल छोरो बोकेर उपचारका लागि सहयोग माग्दै संघसस्था र मान्छेका घरदैलोमा चाहारिरहेकी छिन् । हँसिला अनुहारका दिलखुसको अवस्था हेर्न धेरैको भीड लाग्छ तर उपचारकालागि दिगो सहयोग गर्ने अझै कोही अगाडी आएका छैनन । दिलखुसको अवस्था देखेर चुकचुकाउादै पाँच दश रुपैयाँ दिने गरेका छन् ।
आथिर्क अवस्था कमजोर भएको मण्डल परिवारको छोराको उपचार गराउँदा ४० हजार रुपैया खर्च भैसकेको छ । मण्डल परिवार भूमिहिन हो । उनीहरुलाई पेट पाल्न नै गाहे छ । त्यसैले छोराको उपचार गराउन नसकेको फुलकुमारीले बताइन् । छोराको उपचार काठमाडौंमा मात्र हुने डाक्टरले बताएको फुलकुमारीले बताइन् । उनका अनुसार डाक्टरले उपचारका लागि एकदेखी दुई लाखसम्म लाग्ने बताएका छन् । तर मण्डल परिवारले त्यति रकम जुटाउन नसक्दा बालक अतिकष्ट र अनिश्चित भविष्य बोकेर बाँचिरहेका छन् ।
बालक हेर्न आउने सबैसँग फुलकुमारी रुँदै यत्ति भन्छिन् ‘हजुर मेरो एउटै छोरा हो, बाँच्यो भने हजुरलाई धर्म हुन्छ सहयोग गरिदिनोस है ।’ तर अहिलेसम्म उनको पुकार सुन्ने कोही निस्किएको छैन । न त राज्यका कुनै निकायले नै सहयोग गरेका छन् । के तपाईं सहयोग गर्न तयार हुनुहुन्छ ?
उक्त बालकको भिडियो हेर्न तल क्लिक गर्नुहोस् :

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.