रातो पासपोर्टको रिपोर्ट दुई वर्षमा पनि आएन, नक्कली सभासद् अस्ट्रेलियामै

४ साउन, काठमाण्डौं । संविधानसभा विघटन भएको वर्ष दिन पूरा भइसकेको छ । तर, सुविधामा पाएको कूटनीतिक राहदानी -रातो पासपोर्ट) बिक्री प्रयास गरेको आशंकामा पाँच पूर्वसभासदमाथिको अनुसन्धान अझै सकिएको छैन् । ल्याबको रिपोर्ट नआएको भन्दै केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले अनुसन्धान अघि बढाउन सकेको छैन् ।

आफ्नो पासपोर्टमा भिसा लगाएर अर्कै व्यक्तिलाई अस्ट्रेलिया पठाउने प्रक्रिया अघि बढाएको आशंकामा प्रहरीले विभिन्न पार्टीमा आवद्ध पूर्वसभासद्माथि अनुसन्धान जारी राखेको छ । सिआइबीले पूर्वराज्यमन्त्री समेत रहेका सभासद् ओमप्रकाश यादब, निलम बर्मा, सवितादेवी यादब, हसिना मियाँ र सलमा खातुन मिकरानीमाथि छानविन गरिरहेको नयाँ पत्रिकामा खबर छ ।

नक्कली सभासद् अस्ट्रेलियामै

मोटो रकम बुझाएर सभासद् बनेर गोष्ठीका लागि सभासद्को पासपोर्टमा अस्ट्रेलिया पुगेका दुई व्यक्ति अझै उत्तै छन् । नक्कली सभासद् बनेर अस्ट्रेलिया पुगेका म्याग्दीका केदार पौडेल र निर्मल बानियाँ अस्ट्रेलियामा लुकेर बसेका छन् । पौडेल शिवपुजन र बानियाँ नारदमुनीको पार्सपोर्टमा अस्ट्रेलिया पुगेका थिए । सिआइबीका अनुसार उनीहरु ११ डिसेम्बर २०१० मा अस्ट्रेलिया उडेका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.