कछुवा र गोहीको भिडन्त (फोटोफिचर सहित)
कछुवा र गोही दुबै उभयचर प्राणी हुन् । सामान्यतया कछुवा मानिसको लागि खतरनाक हुँदैन तर गोही देख्दै डरलाग्दो तथा हिंश्रक हुन्छ । मान्छेलाई भेट्यो भने यसले ज्यानै लिन पछि पर्दैन ।
साँच्ची कछुवा र गोहीबीच भिडन्त भयो भने कसले जित्ला ? वास्तवमा यो सोध्नैपर्ने कुरा होइन । यसमा गोहीले बाजी मार्ने मात्र होइन जाबो कछुवालाई स्वात्तै निल्न सक्छ । तर सधै कहाँ यस्तो हुँदो रहेछ र । कहिलेकाहीँ कछुवाले लडाइँ जित्दो रहेछ र गोहीको मुखबाट समेत सजिलै फुत्किन सक्दो रहेछ ।
जर्जियामा भएको छ यस्तै । त्यहाँ एक कछुवा १५ मिनेटको कडा संघर्षपछि गोहीलाई हराउँदै गोहीको मुखबाट फुत्किन सफल भएको छ । आफ्नो सरीरको कडा खोलका कारण कछुवाले गोहीलाई हराउन सकेको हो । आफ्नो आहाराको रुपमा कछुवालाई मुखभित्र हालेको गोहीले त्यसलाई चपाउन खोज्यो । तर कछुवाको निकै कडा खोल उसले फुटाउन सकेन ।
जर्जियाको सिमसार क्षेत्रमा वन्यजन्तुको अध्ययन गरिरहेका अमेरिकी फोटोग्राफर प्याटि्रक क्यास्टेबेरीले कछुवा र गोहीको यो लडाइँ क्यामरामा कैद गरेका हुन् ।






0 comments
Write Down Your Responses