नेपालीमा लेखिएको हजार वर्ष पुरानो शिलालेख


काठमाडौँ- विसं १०१६ मा दैलेख जिल्लाको दुल्लुमा प्राप्त भएको शिला–अभिलेख नै नेपाली भाषामा लेखिएको पहिलो अभिलेख मानिएको छ। सामुदायिक अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको 'नेपाली भाषाको हजारवर्ष' विषयको कार्यक्रममा इतिहासकार मोहनप्रसाद खनालले तत्कालीन राजा अशोक चल्ल्ाको पालामा लेखिएको सो जिल्ल्ााको शिला–अभिलेख भेटिएको र त्यो नै नेपाली भाषाको पहिलो अभिलेख भएको बताए। गत वर्ष 'नेपाली भाषाको हजार वर्ष' नामक पुस्तक प्रकाशन गरिसक्नुभएका उहाँले आठौँ शताब्दीमा प्राकृत (नेपाली) भाषामा नाटक लेख्न थालिएको, त्यसलाई खस भाषा भनिएको र त्यही खस भाषालाई पछि नेपाली भाषाको स्वरूप दिइएको जानकारी दिए। चित्र –कलाकार डा रामकुमार भौकाजीले नेपालको पहिलो शिलाअभिलेखको प्रामाणिताकताबारे राखेको जिज्ञासामा खनालले अहिलेसम्म अध्ययन/अनुसन्धानबाट भेटिएको शिला–अभिलेख यही भएको र यसको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताए। रासस
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.