‘भ्रष्टाचारी भेटिए हामीलाई सम्पर्क गर्नोस्’ : अख्तियार


२९ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कहीँ कतै भ्रष्टाचार भएको पाइए सीधै कार्यालयमा उजुरी दिन सर्वसाधारणमा अपील गरेको छ । आयोगले आइतबार अपील जारी गर्दै भनेको छ- ‘कहीँ कतै अनुचित काम तथा भ्रष्टाचारजन्य क्रियाकलाप भएको ठोस जानकारी भए आयोगलाई जानकारी गराई भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको विकास गरिदिनहुन अनुरोध गर्दछौं ।’ भ्रष्टाचारका सम्वन्धमा कसैको उजुरी वा कुनै स्रोतबाट जानकारी प्राप्त भए अनुसन्धान थालिने आयोगले बताएको छ । आयोगले अख्तियारको केन्द्रीइ कार्यालय, क्षेत्रीय प्रशासनको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी दिन सकिने बताएको छ । प्रमुख आयुक्त र आयुक्तको नियुक्तिसँगै आम जनतालाई छिटो छरितो र सुलभ सेवा दिन आवश्यक छलफल थालिएको अख्तियारले बताएको छ । कतै भ्रष्टाचारीहरु भेटिए अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यलय टंगालमा पो.ब.नं. ९९९६ मा हुलाकबाट उजुरी पठाउन सकिने आयोगको अपीलमा उल्लेख छ । त्यसैगरी शुल्क नलाग्ने टोल फ्री नम्बर १६६०-०१-२२२३३ मा पनि फोन गरेर भ्रष्टाचारीविरुद्ध उजुरी गर्न सकिने छ भने ४४४०१५१ मा फोन गरेर वा ४४४०१२८ मा फ्याक्स गरेर भ्रष्टाचारको उजुरी टिपाउने सकिने अख्तियारका प्रवक्ता कृष्णप्रसाद ढुंगानाद्वारा जारी वक्तव्यमा उल्लेख छ । त्यस्तै akhtiyr@ntc.net.np मा इमेल गरेर पनि भ्रष्टाचारीबारे उजुरी दिन सकिने जनाइएको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.