कोरियामा नेपालीद्वारा आत्महत्या प्रयास
बुसानको गाङसो बोङरिम्डोङको कृषि फार्ममा कार्यरत लिम्बुले आफु कार्यरत कम्पनीका विदेशी चिनिया कामदारहरुले अत्यधिक तनाव दिएको कारण मानसिक समस्यामा परेको बताएका छन ।
घटना अनुसार निज लिम्बुको साहुसँग पनि तनाव देखिएको छ । साहुसँगसमेत झगडा पर्दा साहुले कुटपिट गरेको र निज लिम्बुले पनि हातपात गर्दा घटना गम्भीर मोडमा पुगेको बताइएको छ । घटना पछि साहुले प्रहरीलाई बोलाएको र निज लिम्बु तनावमा परि आफैलाई हत्या गर्ने प्रयास गरेको बताइएको छ ।
लिम्बुले आफूले मानसिक तनावमा परि सो कार्य गरेको बताएको घटनाको विवरण पाएपछि बुझन गएका नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका सह सचिव विरेन्द्र सुनारले बताए ।
यस्तै घटनाको खबर पाएपछि एन सि सि बुसानका अध्यक्ष एल वि विष्ट , याक्थुङ चुम्लुङ कोरिया प्रतिनिधि पनि घटना विवरण बुझन अस्पताल पुगेका थिए । गत माघमा आमाको मृत्यु भएर पिडामा रहेका लिम्बुका साथीहरुले बताएका छन । घटना भएको राती पनि १ बजे गएर ४ बजे राती फर्केका थिए ।
घटनाको बारेमा बुझ्न नेपाली संघ संस्थाका प्रतिनिधि पुगे पनि दुतावासको प्रतिनिधि नपुगेको र दुतावासले तदारुकता नदेखाएको संघ संस्थाका प्रतिनिधिले बताएका छन ।
यता नेपाली दुतावास दक्षिण कोरियाले अहिले लिम्बु को स्वास्थ्य अवस्था ठिक रहेको बताएको छ । स्वास्थ्य अवस्था ठीक भएपनि उनको उपचारमा गर्दा लाग्ने खर्चलाई आर्थिक अभाव देखिएको नेपाली दुतावासका सहचारी अनिल गुरुङले बताएका छन ।
0 comments
Write Down Your Responses