ब्वाइज युनियन सेमिफाइनलमा

२७ जेठ, काठमाडौं । ब्वाइज युनियन क्लब राजधानीमा जारी गोर्खा कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको अन्तिम क्वाटरफाइनलमा रानीपोखरी कर्नर टिम आरसीटीलाई २-० ले पराजित गर्दै ब्वाइज युनियनले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
योसँगै सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा अर्मी र ब्वाइज युनियन तथा थ्रीस्टार र मनाङ मस्र्याङ्दी क्लब भिड्नेछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ब्वाइज युनियनले पाँचौं मिनेटमा नै कमल श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । २२ औं मिनेटमा असिमजंग कार्कीले ब्वाइज युनियनको अग्रता दोब्बर पारे । खेलमा दुबै पक्षबाट थप गोल हुन सकेन र ब्वाइज युनियन २-० ले विजयी भयो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.