अफगानिस्तानका राष्ट्रपतिले नेपालीको २० वर्ष कैद सजाय माफी दिए

काठमाडौं — अफगानिस्तानी अदालतले एक नेपालीविरुद्ध सुनाएको २० वर्ष कैद सजायलाई त्यहाँका राष्ट्रपति हमिद करजाईंले माफी गरिदिएका छन्। राष्ट्रपति करजाईंले सजाय माफी दिएपछि बन्दिपुर-१ तनहूँका तिलकबहादुर थापा मगर कारागार मुक्त भएका छन्। मानवीय आधारमा थापाको सजाय माफीका लागि तत्कालन प्रधानमन्त्री बाबुराम भट्टराईले अफगान राष्ट्रपतिलाई औपचारिक पत्र लेखी आग्रह गरेका थिए। ४ मेइ २०१३ मा पाकिस्तानस्थि नेपाली राजदूतले राष्ट्रपति करजाईंलाई भेटगरी थापालाई क्षमादा दिन आग्रह गर्दै भट्टराईको पत्र बुझाएका थिए। 'नेपाल सरकार प्रमुख तहबाट भएको अनुरोध र यस नियोगको निरन्तर पहल तथा कुटनीतिक पहलपछि श्री थापा मगरलाई बाँकी कैद माफी मिनाहा गरी कैदमुक्त गर्न सफलता प्राप्त भएको हो', पाकिस्तान स्थित नेपाली दूताबासले विज्ञप्ति जारी गर्दै भनेको छ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.