बजेट साँझ ५ बजे, कर्मचारी तलब १५ देखि २० प्रतिशत बढ्ने
काठमाडौं— सरकारले सीमित नयाँ कार्यक्रम राखेर आर्थिक वर्ष २०७०/०७१ को बजेट आइतबार प्रस्तुत गर्ने तयारी गरेको छ। आइतबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले बजेटसम्बन्धी विधेयकलाई अन्तिम रुप दिएर राष्ट्रपति समक्ष पठाएको छ। निकासी र औद्योगिक क्षेत्रलाई बढावा दिने सीमित नयाँ कार्यक्रमसहित ५ खर्ब १० अर्ब रुपैयाँको बजेट साँझ ५ बजे आउँदैछ। राजनीतिक दलको चर्को दबाब र राष्ट्रपति रामबरण यादवसमेतको चासोपछि सरकारले बजेटमा अत्यावश्यकीय बाहेक नयाँ कार्यक्रम राखेको छैन। चुनावी सरकार भएकोले पनि नयाँ र राजनीतिक दलसँग जोडिएका कार्यक्रम बजेटमा नसमेटेको हो। हिजो अर्थमन्त्री शंकरप्रसाद कोइरालाको अध्यक्षतामा केन्द्रीय बैंकका गभर्नर युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रविन्द्रमान शाक्यलगायतको उपस्थितिमा सात घन्टा लामो छलफलपछि बजेटलाई अन्तिम रुप दिइएको थियो। पछि अर्थमन्त्री कोइराला, अर्थसचिव शान्तराज सुवेदी, मन्त्रालयका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालसहितको टोलीले बेलुका नौ बजे मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई बजेटको जानकारी गराएको थियो। स्रोतका अनुसार कर्मचारीको मागलाई सम्बोधन गर्न १५ देखि २० प्रतिशत तलव वा भत्ता बढ्दैछ। कर्मचारी तलबभत्तामा १५ अर्ब रुपैयाँ व्ययभार थपिनेछ। तीन वर्षदेखि उही तलब खाँदै आएका कर्मचारीले यसपालि पनि नबढाए आन्दोलन गर्ने चेतावनी दिएका छन्। बजेट निर्माणको लागि गठन भएको विज्ञ समूहले तीन वर्षको महँगीको आधारमा तलब बढाउन सिफारिस गरेको थियो। live हेर्न तल क्लिक गर्नुहोला !!!!!!
0 comments
Write Down Your Responses