बलात्कारी बाबु पक्राउ

रोल्पा- छोरीलाई बलात्कार गरी फरार भएका एक व्यक्ति आज पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले रोल्पा सदरमुकाम लिवाङ नजिकै रहेको ह्वामा गाविसबाट पक्राउ गरेको हो।
अभियुक्तले आफ्नै १२ वर्षीया छोरीमाथि विगत एक वर्षयता बलात्कार गर्दै आएको कुरा सार्वजनिक भएपछि उनी फरार भएका थिए। पीडकका श्रीमतीले छोरीमाथि बारम्बार करणी गरेको भनी प्रहरीमा उजुरी दिएपछि सो अपराध बाहिर आएको थियो।

यही साउन ९ गते पनि छोरीमाथि लोग्नेले यौन दुर्व्यवहार गरेको थाहा पाएपछि अभियुक्तकी श्रीमतीले प्रहरीमा उजुरी दिएकी थिइन्। 

0 comments

Write Down Your Responses

Powered by Blogger.