के छापियो शनिबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० भदौ ८ गते शनिबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले घूस लिएको आरोपमा वैदेशिक रोजगार र अध्यागमनका थप २५ जना कर्मचारीलाई अख्तियारले नियन्त्रणमा लिएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले दलहरु गोलमेचको गन्तव्यमा तर एजेन्डा अस्पष्ट भएको समाचारलाई मुख्य रुपमा छापेको छ । नागरिक दैनिकले नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यले बोली फेर्न थालेको खबरलाई मुख्य बनाएको छ ।
नयाँ पत्रिकाले गोलमेचको गोलचक्कर रहेको खबरलाई प्रमुखताका साथ छापेको छ भने अन्नपूर्ण पोस्टले माओवादीले रोल्पामा करोडौं रुपैयाँ गाडेको खुलासा भएको खबरलाई मुख्य रुपमा छापेको छ । 1
2
3
4
5
6
7

0 comments

Write Down Your Responses

Powered by Blogger.