वेश्यालयमा निःशुल्क, वेभसाइटमा सःशुल्क

वेश्यावृत्ति वा यौनकर्मलाई कानूनी मान्यता दिइएका देशहरुमा केही यस्ता ठाउँहरु छन् जो दुनियाँभरमै आफ्नो अनौठो पहिचानका कारण चर्चित छन् ।
चेक रिपब्लिकको राजधानी प्रागस्थित बिग सिस्टर इलाका पनि एउटा त्यस्तै विचित्र ठाउँ हो । उक्त वेश्यालयमा चेक तथा स्लोभाकियाली यौनकर्मी महिलाहरुले ग्राहकलाई सित्तैमा सेवा प्रदान गर्छन् ।
bes
यौनकर्मी महिलाहरुसँग बिना पैसा सेवा लिन त पाइन्छ । तर त्यसका लागि एक अनौठो करार गर्नुपर्छ । त्यहाँ महिलाहरुका साथ सित्तैमा सेवा लिएबापत ग्राहकहरुको भिडियो रेकर्ड गरिन्छ र त्यसलाई उक्त वेश्यालयको वेबसाइटमा अपलोड गरिन्छ । ग्राहकले त सित्तैमा सेवा पाउँछन् तर वेबसाइटमा अपलोड भएका यौन भिडियो हेर्न भने पैसा तिर्नुपर्छ ।
ग्राहक तथा यौनकर्मीहरुका अन्तरंग पलहरुको भिडियोलाई वेश्यालयले डिभीडी बनाएर बजारमा समेत बेच्ने गर्छ । त्यो नै उक्त वेश्यालयको कमाइको श्रोत हो ।
बिग सिस्टरको स्थापना २००४ मा भएको हो । यो वेश्यालयका मालिकको प्रागमा अर्को सेक्स क्लब पनि रहेको बताइन्छ । उक्त वेश्यालमा प्रवेश गर्नका लागि पुरुषहरुले ५ सय चेक क्राउन्स तिर्नुपर्छ र उक्त प्रवेश शुल्क तिरेपछि सम्भोगको स्वाद चाख्न पाइन्छ । तथापि महिला र जोडीहरुलाई भने त्यहाँ छिर्न कुनै पैसा लाग्दैन ।
स्मरण रहोस् चेक रिपब्लिकमा १८ वर्ष भन्दा बढी उमेरका व्यक्तिहरुलाई स्वेच्छिक रुपमा यौन पेशामा लाग्ने छुट छ । तर, कानूनले वेश्याहरुको दलाल गर्न भने रोक लगाएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.