शशांकलाई पनि अख्तियारकै पिलो


२८ साउन, काठमाण्डौ । कोइराला परिवार र विश्ववनधु थापाको परिवारवीचको एक शताब्दी पुरानो मित्रता नाता सम्बन्धमा परिणत भएको छ । बीपी कोइरालाकी नातिनी र विश्वबनधु थापाका नातिवीच विवाह सम्पन्न भएपछि यी दुई परिवारवीचको घनिष्ठता झन् सघन भएका हो । कोइराला परिवारले सानैदेखि पालन पोषण र शिक्षा दिक्षा दिएर हुर्काएका थापाले राजा महेन्द्रसंग मिलेर बीपी कोइरालालाई प्रधानमन्त्री पदबाट बर्खास्त गरी जेलमा थुनाएका थिए । तर पनि कोइराला परिवारको बढि घनिष्ठता भएका कारण विश्वबन्धुलाई राजाले राष्ट्रिय पञ्चायतको अध्यक्ष्भन्दा माथिल्लो पदमा मौका दिएनन् । दशैको टीका थाप्न बीपी कहाँ गएबापत राजाले विश्वबन्धुलाई घोक्रेठ्याक लगाएका थिए । बीपीकी नातिनी (डा शशांककी छोरी) र विश्वन्धु थापाका नातिवीच केही समयअघि अमेरिकामै विवाह भएको हो । दुबैजना अमेरिकामै बसोबास गर्छन । विवाह भोज भने आगामी भदौ ३ गते काठमाण्डौको होटल याक एन्ड यतिमा गर्न लागिएको छ । दुवै परिवार ठूलो राजनीतिक घरानाका भएका कारण विवाह भोज भव्य हुने अनुमान गरिएको छ । बेहुलीका तर्फवाट मात्रै करिव तीन हजार व्यक्तिलाई निमन्त्रणा गरिसकिएको छ । काँग्रेस सभापति पदमा उम्मेदवार हुने इच्छा जाहेर गरिसकेका बीपी पुत्र शशांकले आफ्नी एक्ली सन्तानको विवाह मन फुकाएरै मान्छेहरुलाई निमन्त्रणा पठाइरहेका छन् । आजको तरुण साप्ताहिकले समाचार छापेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.