समाचार
»
अवकास रोजेका दुई पुर्व लडाकुले भत्ता लिए
अवकास रोजेका दुई पुर्व लडाकुले भत्ता लिए
बैशाख । सेनाको तालिम छोडेर अवकाश रोजेका दुई पूर्व माओवादी लडाकुले अवकाश वापतको रकम लिएका छन् । सेना समायोजन विशेष समिति गठित कार्यदलका पूर्व संयोजक बालानन्द शर्माले आज तनहुँमा रहेको श्रीपश्चिम पृतना तालिम शिक्षालय, खैरेनीटारमा बीचमै सेनाको तालिम छोडेर अवकाश रोजेका पूर्व लडाकुलाई जनही दुई लाख पचास हजार रुपियाँ दिएका हुन् । अवकाशवापत्को रकम लिनेमा दोलखाका विक्रम थामी र ओखलढुंगाका लाखधन राई रहेको नेपाली सेनाले जनाएको छ । अहिले श्रीपश्चिम पृतना तालिम शिक्षालय, खैरेनीटारमा समायोजन रोजेका ८९ जना पूर्व लडाकुहरु सेनाको तालिम लिईरहेका छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses