सोह्र वर्षमै कंगनाको बिहेको कुरा चलेको खुलासा

डिसीनेपाल डटकम संवाददाता - बलिउड सुन्दरी कंगना रनावतले आफू १६ वर्षकी हुँदा नै आफ्नी आमाले बिहे गरिदिन चाहेको खुलासा गरेकी छिन् । उनकी आमाको मान्यता थियो रे कि १६ वर्षको उमेर नै बिहेका लागि उपयुक्त उमेर हो। कंगनाले आफ्नो परिवारमा यसबारे धेरैपटक सल्लाह भएको बताएकी छिन्। ‘जब मेरो भाइ २२ वर्षको भयो, आमाको भनाइ थियो कि उसको बिहे गर्ने उमेर गइसक्यो’ –कंगनाले भनेकी छिन्। उनले उनकी आमा प्रेम या परम्परागत के चाहन्छिन् भन्नेबारे चाहिँ खुलाउन अस्वीकार गरिन्।

आमाको मुख हेर्ने पर्वका अवसरमा बलिउडमा आयोजित एक कार्यक्रममा कंगनाकी आमाले भने उनको तारिफ गरेकी थिइन्। उनले आफ्नी छोरी कुनै गडफादरको सहारा वा सहयोगबिना नै बलिउडमा आजको स्थानमा पुगेको भन्दै उनको तारिफ गरेको एजेन्सीले जनाएको छ। उनकी आमा आशाले कंगनाको सफलतालाई लिएर आफू गौरवान्वित र खुसी भएको बताएकी छन्। ‘मलाई पूरा विश्वास छ कि कंगनाले योभन्दा पनि ठूलो उचाइ हासिल गर्नेछिन्।’ –आशाले भनेकी थिइन्। कंगनाले भने सो कार्यक्रममा बाल्यकालमा आफ्नो बदमासीलाई लिएर आमा हैरान हुने गरेको स्मरण गरेकी थिइन्। ‘तर म आमाको हर सपना पूरा गर्न चाहन्छु –कंगनाले भनिन्।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.