इन्दिरा र आस्थाको अस्विकारपछि दुर्गाको भागमा आइटम गीत

गायिका इन्दिरा जोशी र आस्था रावतले निर्माणाधिन नेपाली चलचित्र 'राहदानी' को आइटम गीत गाउन अस्विकार गरेका छन् । गायिका जोशीले आफू मेलोडी गायिका भएकोले अबदेखि आइटम गीत नगाउने बताउँदै पन्छिइन् भने गायिका आस्था रावतले भने आमाले सो गीत नगाउन भनेपछि उक्त गीत नगाउने बताइन् । गयिका जोशीले आइटम गीतले आफ्नो स्टाटसलाई समेत माइनस गरेको बताएकी छन् । उनले केही समय अघि प्रदर्शनमा आएको चलचित्र 'लक' को 'आँखा झिमिक्क माल सामान गायब' बोलको गीत गाएकोमा समेत पछुतो मानेको बताइएको छ । त्यस्तै आस्था राउतले 'राहदानी' को आइटम गीतको शब्द घरमा लगेर आमालाई देखाएकी थिइन् । उनकी आमाले शब्द हेरेपछि आस्थालाई उक्त आइटम गीत गाउन रोक लगाएकी हुन् । उक्त आइटम गीतको शब्द केही अंश यस्तो छ : गुन्यू चोली छोडेँ मैले मिनिस्कर्ट लाएँ लोक दोहोरी गाउँदीन म डिस्कोतिर धाएँ दही मोही छोडेँ मैले खान थालेँ डिनर बाउ आमाकी कान्छी छोरी भए सबकी डियर लोक दोहोरी छाडेर ईङ्लीस् गीत गाएँ कानको मुन्द्रा खोलेर यी नाइटोतिर लाएँ.... गायिका जोशी र रावतले गाउन अस्विकार गरेपछि अर्की गायिका दुर्गा खरेलले यस गीतमा स्वर दिएकी छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.