मंसिरपछि माओवादीलाई बत्ती बालेर खोज्नुपर्ने : खनाल

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>


सुर्खेत - नेकपा एमाले अध्यक्ष झलनाथ खनालले आगामी मंसिरपछि एकीकृत माओवादी पार्टी बत्ती बालेर खोज्नु पर्ने अवस्थामा पुग्ने बताएका छन्। माओवादीको यस्तो ‘हविगत’ एमालेले गर्ने उनको दाबी छ। केही दिनअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘एमाले पार्टी छैन’ भनी दिएको अभिव्यक्तिप्रति आक्रोश पोख्दै उनले भने, ‘कुन पार्टी छ र कुन छैन भन्ने कुरा त अबको निर्वाचनपछि देखिनेछ।’ यस्तो बकवासपूर्ण भाषण दिएर नहिँड्न उनले माओवादी अध्यक्ष दाहाललाई चेतावनी दिए। आगामी मंसिरमा कुनै पनि हालतमा चुनाव हुने र त्यो नभए देश थप असफलतातिर जाने उनले बताए। उक्त निर्वाचनमा सहभागी हुन नेकपा–माओवादीलगायत साना दललाई आह्वान पनि गरे। ‘आगामी निर्वाचन देशको लागि जीवनमरणको सवाल हो,’ वीरेन्द्रनगरमा पार्टी कार्यकर्तालाई संवोधन गर्दै उनले भने, ‘त्यसैले यसलाई जसरी पनि सफल बनाउनु पर्छ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले समयमै निर्वाचन सम्पन्न गर्नको लागि आयोगले राजनीतिक, प्राविधिक र कानुनी कामहरु फत्ते गर्नुपर्ने आवश्यकता औँल्याए। कम्तिमा एक प्रतिशत मत ल्याउने दललाईमात्र राष्ट्रिय दलको मान्यता दिइनु पर्ने पनि उनले बताए। ‘एकीकृत माओवादी र साना दलहरुले यो प्रावधान नमाने पनि एमाले यो अडानबाट पछि हट्दैन,’ उनले भने। भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.