विद्यार्थीको खाजा रकममा भ्रष्टाचार


जुम्ला - हुम्ला जिल्लाको कालिका प्राथमिक विद्यालयका प्रधानाध्यापकले हरेक दिन विद्यार्थीले रु १५ का दरले पाउने साढे चार लाखभन्दा बढीको रकम भ्रष्टाचार गरेको भेटिएको छ। कालिका गाविसमा अवस्थित सो विद्यालयका प्रधानाध्यापक खड्गबहादुर शाहीले करिब ८६ जना विद्यार्थीको खाजा बापतको रु चार लाख ६४ हजार ४०० अहिलेसम्म पनि नदिएपछि विद्यार्थीका अभिभावक आक्रोशित बनेको शिक्षिका लक्ष्मी शाहीले जानकारी दिएकी छिन् । सरकारले प्राथमिक तहमा पढ्ने बालबालिकाको दिवा खाजाका लागि भनेर दिएको रकम प्रधानाध्यापक शाहीले हिनामिना गरेको गाविस प्रतिनिधि दीपबहादुर महताराले बताए । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.