बेड सिन दिनु नराम्रो होइन: नायीका घिमिरे !

केही नायक नायीका बाहेक प्राय नायक तथा नायीकाले आफ्नो प्रेमको बारेमा खुलेर कुरा गर्न चाहँदैनन् । यस्तैमा नायीका सुमिना घिमिरेले पनि आफ्नो प्रेमको विषयमा त्यत्ति खुलाउन चाहिनन् । अहिलेसम्म आफ्नो प्रेमी नरहेको बताउने नायीका घिमिरेले आफ्नो प्रेमी या श्रीमान् आफूले गरिरहेको पेशा बुझ्ने खालको, सहयोगी भावना भएको भन्ने चाहन्छिन् । उनले आफूले यस्तो युवक भेटाए ३ वर्षभित्रमा विबाह गर्ने योजनामा रहेको उनले खुलाएकी छिन् ।


नायीका घिमिरेद्धारा अभिनीत आधा दर्जन चलचित्र रिलीज भैसकेका छन् भने दर्जन भन्दा बढि चलचित्र रिलीजको पर्खाईमा छन् । उनले अभिनय गरेको अधिकांश चलचित्र सुपर हिट नभएपनि उनको व्यस्तता भने घटेको छैन् । उनै नायीका घिमीरेसँग हाम्रा रगंपत्रकार रामजी ज्ञवालीले गरेको कुराकानीको सम्पादित अशं:


३ शव्दमा तपाईको परिचय ?

- ईमान्दार, सुसील र लगनशिलता ।

नेपाली कला क्षेत्र योग्यता नपुगेका व्यक्तीहरुको जमात हो भन्ने टिप्पणी आईरहन्छन नी ?

- मलाइ त्यस्तो लाग्दैन, नेपाली फिल्मी क्षेत्र वा कला क्षेत्रमा थुप्रै त्यस्ता योग्यता पुगेका व्यक्तिहरू हुनुहुन्छ । कोही अध्ययनमा राम्रो गरेर कला क्षेत्रमा रमाउनुभएको छ भने कतिपय कलाकारहरु अन्य विभिन्न क्षेत्रमा दख्खल र अनुभवी भएर आउनुभएको छ । टिप्पणीका कुरा गर्ने हो भने जस्ता पनि आउँछन् ।


नेपाली चलचित्रमा अंग प्रर्दशन र वेडसिनका दृश्य बढि समावेस गर्न थालियो नी ?


- त्यो पनि ईन्टरटेनमेन्ट हो जस्तो लाग्छ मलाई त । दर्शकलाई मनोरन्जन दिने एउटा माध्यम हो तर साच्ची भन्नेहो भने दर्शकले ठ्याक्कै के मागेका छन्, कस्तो कथावस्तु मागेका छन् त भन्ने हामीलाई पनि थाहा छैन, के दिएर राम्रो हुन्छ भन्ने हो । वेड सिन र टङ किसका दृश्य समावेस गरेर दर्शकलाई हलमा तान्ने नियत हाम्रो हैन की कथावस्तु राम्रो भयो भने त्यस्तो दृश्य दिन जत्ति पनि हुन्छ । तपाई आफै सोच्नुस आफ्नो प्रेमीलाई किस खानु कत्ति ठुलो कुरा होर त्यस्तै चलचित्रमा पनि यस्ता दृश्य समावेस गराईएकोमा त्यत्ती धेरै फरक पर्दैन । दर्शकले पनि सोच्नुपर्छ यो सामान्य हो । तर पनि समाजले पचाउन सक्ने खालका दृश्य मात्रै दिएका छौ । किनकी हाम्रा पनि फेमली हुनुहुन्छ, परिवारसँग सँगै बसेर फिल्म हेर्ने रहर हाम्रो पनि हुन्छ । लाजैमर्दो बनाएर त हामीले पनि अभिनय गर्दैनौ नी । बरु कसरी खिच्ने भन्ने कुरामा पनि भर पर्छ । यसलाई त्यत्ती धेरै ठुलो विषयवस्तु नवनाईदिए धेरै राम्रो हुन्थ्यो की ।


यो क्षेत्रमा नायीकाहरू निर्देशकवाट बढि पिडीत भएको कुरा सुनिन्छ, तपाईको धारणा के हो ?


- म सुमिनाको तर्फवाट यो कुरा १०० प्रतिशत मान्दिन । मेरो सन्दर्भमा मात्रै है तर अरुको मलाई कुनै चासो छैन, कसैको चासो पनि लिदिँन । आफ्नो काम गर्ने हो फाल्टु कुरा गरेर बस्न मनै लाग्दैन तर एउटा कुरा के हो भने जुन क्षेत्रमा भएपनि पुरुषहरूले जर्वजस्ती त गर्न सक्दैन नी । त्यो महिलामा भर पर्ने कुरा पनि हो । चलचित्र क्षेत्र मात्रै नभई कुनै पनि क्षेत्रमा पनि यस्तो हुन्छ । मन मिलेर गर्छ भने कस्को के लायो र ।

कुन चलचित्रवाट आफुलाई चिनाउन चाहानुहुन्छ ?


- मलाई सुमिना घिमीरे भनेर चिनाएको चलचित्र 'दुलही' हो ।


भविष्यको कस्तो चलचित्रमा अभिनय गर्ने ईच्छा छ ?


- मैले कुनै पनि चलचित्रमा खेलेपछि कसैलाई न्याय दिलाउन सक्छु भने उक्त चलचित्रमा खेल्छु ।


सिनेमाले माग्यो भने वेड सिन दिनुहुन्छ ?

- मैले यो चलचित्र भनेर भन्दिन तर एउटा चलचित्रमा मेरो पुरै ओपन छ, तर पनि उक्त दृश्यलाई क्यामेरामा कैद गर्दा मेरो परिवारले पचाउन सक्न खालको छ । मैले के भन्छु भने त्यो कथा हो साच्चीकै की सुमिना यस्ती छैन, तर फिल्ममा भएको कुरा र कथालाई त्यत्ती ठुलो विषयवस्तु नठान्दा धेरै राम्रो हुन्छ ।


विहे गर्ने सोचाई गराउनुभएको छैन ?


- मलाई विवाहको विषयमा अहिले नै हतार छैन, करिअर नै यतैतिर भएकोले केही वर्षपछि चाहिँ विबाह गर्नेछु । यत्ति वर्ष त भन्न सक्दिन ३ देखी ४ वर्षभित्र विवाह गर्छु होला ।


कसैले कुर्न भनेर त हैननी ?

- नाई मैले त्यस्तो भेट्टाएकी छैन । मन खाने मान्छे मेरो नजरमा आएको भए त मैले नै कुराईदिन्थे नी, हाहाहा...।

त्यसो भए कस्तो व्यक्तिको खोजीमा हुनुहुन्छ ?

- मेरो कामलाई वुझोस, मेरो गल्तीमा सम्यमता अपनाएर सुझाव दिओस, हरेक काममा सहयोग गरोस् । म यो क्षेत्रमै अभिनय गर्ने भएकाले फिल्मी क्षेत्रको वुझेको होस भन्ने हो । यदि त्यसो भयो भने केही कुरामा त मैले पनि कन्भिन्स पार्न सक्छु नी ।


कुन सेलिव्रेटीसँग डेट जान मन लागेको छ ?


- मलाई धेरै मन पर्ने राजेश हमाल हो । अरू कुरा नगरौ है ?,


अरू कुनै नायीकामा नभएको खुवी तपाईँमा के छ जस्तो लाग्छ ?


- म आफ्नो ठाउँमा राम्री छु, ईमान्दार छु, सबैको सम्मान गर्न जानेकी छु, आ-आफ्नो काम गर्ने हो कसैसँग प्रतिस्पर्धा गर्न मन पर्दैन ।


कमाएको पैसा के गर्नुहुन्छ ?

- मैले कमाएको पैसा म सँगै सुरक्षीत हुन्छ । मैले अहिलेसम्म कमाएको पैसा केही खर्च कटाएर बैकमा राखेकी छु । यो कुरा त्यत्ति धेरैलाई थाहा छैन है । त्यत्तिधेरै बाहिरी कुरामा खर्च गर्न मन लाग्दैन । म सुन की धेरै सौखीन भएकोले पनि सुन किन्दै राख्ने बानी हुन्छ । पैसा भएसम्म सुन नै किन्ने गर्छु । बैंकमा १६ तोला जति सुन छ ।

कस्ता खालका पुरुष मन पर्दैन ?

- जुँगा पालेको सबैलाई सुहाउँदैन । विशेषगरी प्रेमी वा श्रीमानले जुँगा पालरे चुम्बन गर्न अप्ठेरो हुन्छ कि जस्तो लाग्छ । लामो कपाल पालेको व्यक्ती मन पर्दैन, मिलाएर काटेको केशले नै पुरुषको व्यक्तित्व झल्काउँछ, पेट लागेको युवक पनि मन पर्दैन, एउटी प्रति इमान्दार नहुने र बारम्बार प्रेमिका फेर्दे हिड्ने पुरुष मलाई मनपर्दैन ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.