एक हप्ताका लागि रौतहटका विद्यालय बन्द
रौतहट- अधिकांश शिक्षकहरु शिक्षक सेवा आयोगले लिने परीक्षामा सहभागी हुने भएकाले रौतहटका विद्यालयहरु एक हप्ताका लागि बन्द गरिने सहमति भएको छ। जिल्ला शिक्षा समितिमा शुक्रबार भएको छलफलमा आगामी वर्षे विदाबाट कट्टा हुने गरी जेठ पाँचदेखि दसगतेसम्म जिल्लाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय भएको नेपाल शिक्षक संगठन रौतहटका अध्यक्ष मणिशंकर लाल निधिले जानकारी गराएका छन्।
आयोगले करिब अठार वर्षपछि पहिलोपटक देशभर रिक्त रहेका दरबन्दीमा स्थायी प्रक्रियाद्वारा पदपूर्ति गर्न यही ९, १० र ११ गते लिखित परीक्षा सञ्चालन गर्दैछ। जिल्लाका अधिकांश शिक्षकहरु परीक्षामा सम्मिलित हुने भएकाले विद्यालयको पठनपाठन प्रभावित हुने हुँदा छ दिनका लागि विद्यालय बन्द गरिएको स्रोतले जनाएको छ।
0 comments
Write Down Your Responses