आधाजसो बाउआमाले चोर्छन् छोराछोरीको पैसा

एक अध्ययनले निकै अनौठो तर गम्भीर तथ्यको खुलासा गरेको छ । अमेरिकामा गरिएको अध्ययनले त्यहाँका झण्डै ५० प्रतिशत आमाबाउहरुले आफ्ना सन्तानको पैसा चोर्ने गरेको खुलासा गरेको छ ।
chor
एक धनबचत सम्बन्धि वेबसाइटले गरेको सर्भेक्षणका क्रममा ४९ प्रतिशत पुरुष तथा महिलाहरुले आफुले आफ्ना छोराछोरीको बचत खाताबाट पैसा चोर्ने गरेको स्विकार गरे । अझ लाजमर्दो कुरा त के भने यस्ता चोर मातापिताहरु मध्ये ५१ प्रतिशतले यसरी पैसा चोर्दा आफुलाई हीनताबोध नहुने बताए ।
झण्डै साढे २ हजार अभिभावकमा गरिएको सर्भेक्षणका क्रममा अभिभावकले छोराछोरीले खुत्रुकेमा जम्मा गरेको वा बैंकको बचत खातामा राखेको रकम पैसा अभाव भएका बेला घरको गर्जो टार्ने निकै उपयुक्त माध्यम ठान्ने गरेका छन् । यसरी छोराछोरीको पैसा चोर्नेमध्ये ३६ प्र्रतिशतले बिल तिर्नका लागि र १२ प्रतिशतले छुट्टी मनाउन घुम्नका लागि पैसा चोर्दा रहेछन् । २९ प्रतिशतले ऋण तिर्न र १८ प्रतिशतले छोराछोरीको जन्मदिनमा लाग्ने खर्च जुटाउन छोराछोरीको पैसा चोर्ने गरेको बताए ।
सर्भेक्षणका क्रममा १७ प्रतिशत अभिभावकले आफुले छोराछोरीको बचतको पैसा कहिल्यै नचोरेको र भविष्यमा पनि नचोर्ने बताए
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.