ह्यान्डसम पार्लरबाट लखपति
१७ जेठ, पोखरा । कुनै समय उनी सोच्थे, लाहुरे भए सबैथोक पाइन्छ, अमन, चैन, ऐश, आराम सबै । धन कमाउन विदेशै जानुपर्छ र लाहुरे नै हुनुपर्छ भन्ने भूत सवार थियो उनमा । धेरै पटक छाती फुलाएर नापे, पुस अप लिए । गाउँ आएका गल्लाको पछाडि कुदे । तर, जति उफि्रए पनि अन्तिममा फालिए । पोखरा १७ घारीपाटनका २२ बर्षका शम्भु लिम्बूलाई त्यसपछि लाग्यो उनी बेलायती लाहुरे बन्न योग्य छैनन् । अनि ताके नेपाली सेना । तर, उपसेनानीको लिखितमा फालिँदा उनको अर्को सपना पनि टुंगियो । आफ्नो उमेरका साथीहरु धमाधम लाहुरे बन्दा मन उनको खिन्न हुन्थ्यो । त्यसपछि एक कम्युनिकेसनमा काम गर्दा गर्दै उनको भेट सौन्दर्यविद चिनु गुरुङसँग भयो । सोही भेटबाट भएको गफगाफ र चिनुको प्रेरणाले शम्भुले व्युटि पार्लरको तालिम लिए । तालिमपछि २०६६ मंसिर १ गते पन्थीगल्ली नजिक सर्वेश्वरमार्गमा ६ लाख लगानी गरी ‘गुरुङ ह्यान्सम पार्लर’ खोले । २ हजार २ सय रुपैयाँ तलब पाउने गरी जागिर खाइरहँदा छाडेर एकाएक सौन्दर्य पेसामा लाग्दा परिवारको गाली पनि खाए । तर, एक कानले सुनेर अर्को कानले उडाएर नियमित काममा लागे । अहिले कमाई पनि राम्रो भएको र दैनिक १५ देखि २० जनालाई सेवा दिँदै आएका शम्भुलाई आजभोली भ्याईनभ्याई हुने गरेको कारोबार दैनिकमा खबर छ ।
|
0 comments
Write Down Your Responses