एमाओवादीद्वारा कांग्रेस एमालेसँग वार्ता गर्ने निर्णय

भिडियोको लागी तल क्लिक गर्नुहोला

काठमाडौं । एकीकृत नेकपा (माओवादी)ले संविधानसभा निर्वाचनको मिति घोषणा गर्नसरकारसँग माग गरेको छ । प्रचण्ड निवास लाजिम्पाटमा सोमबार बसेको एमाओवादी पदाधिकारीहरुको बैठकले चुनावको मिति तोक्न प्रमुख दलका तर्फबाट सरकारसँग माग गर्ने निर्णय गरेको छ । साथै उसले कांग्रेस र एमालेसँग छलफल गर्ने निर्णयसमेत गरेको छ । बैठकले पार्टीले तराईमा सञ्चालन गरेको जनसभा एवं कार्यकर्ता प्रशिक्षण र आगामी दिनमा अख्तियार गर्नुपर्ने रणनीतिका विषयमा पनि छलफल गरेको बताइएको छ । बैठकले कांग्रेस र एमाले लगायतका दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ । यसैक्रममा मंगलबार नेपाली काँग्रेससँग छलफल गर्ने एमाओवादीले निर्णय गरेको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.