कामु प्रधानन्यायाधीश भन्छन्-रेग्मीलाई सर्वोच्च छिर्न दिन्न

बाग्लुङ । कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई पुनः प्रधानन्याधीश भएर सर्वोच्च अदालत प्रवेश गर्न नदिने बताउनुभएको छ । बाग्लुङमा शुक्रबारबाट सुरु भएको नेपाल बार एसोसिएसनको ४० औं केन्द्रीय कार्यकारिणी परिषद बैठकको उद्घाटन गर्दै कामु प्रधानन्यायाधीश शर्माले रेग्मी अदालत आए आफूले राजीनामा दिने बताउनुभयो । सर्वोच्चमा रेग्मीको छायाँ नपरेको भन्दै उहाँले त्यस्तो देखिए राजीनामा दिने बताउनुभयो । खिलराजको भुत देखाएर अदालतको मान मर्दन नगर्न उहाँले आग्रह गर्नुभयो । अदालतका कर्मचारी र न्यायाधीशले स्वतन्त्रतापूर्वक काम गरेको भन्दै उहाँले अदालतको मान मर्दन गर्ने अधिकार कसैलाई नभएको टिप्पणी गर्नुभयो । उहाँले बाधा अड्काउ फुकाउ आदेशमा जे भनिएपनि आफू प्रधानन्यायाधीश नै भएको बताउनु भयो । कायममुकायम प्रधानन्यायाधीश शर्माले रेग्मीको राजीनामा मागेर गरिने आन्दोलनको केन्द्र न्यायालय नभई सिहंदरबारलाई बनाउन समेत सुझावसमेत दिनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.