भोगी भिक्षुको भिडियोले हंगामा (भिडियोसहित)
भिक्षु
भन्नासाथ धनसम्पत्ति, सुखशयल छाडेर ध्यान र धर्मकर्ममा लागेका त्यागी
मानिसहरुको तस्वीर हाम्रो आँखा अगाडी आउँछ । तर, हालै सार्वजनिक एक
भिडियोले भिक्षुहरुबारे तपाईको बुझाईलाई गलत सावित गरिदिने छ ।
येदी माथिको भिडियो खुलेन भने तलको लिंक मा क्लिक गर्नुहोला !!!
हालै युट्युवमा पोष्ट गरिएको एक भिडियोमा
थाइल्याण्डका दुई भिक्षुहरु निजी बिमानमा चढेर आकाशमा संगीतको आनन्द
लिइरहेको देखिन्छ । उनीहरुले स्टाइलिस सनग्लास लगाएका छन भने वायरलेस
हेडफोनमार्फत् संगीतको आनन्द लिइरहेका देखिन्छन् ।
२ मिनेट ४७ सेकेण्ड लामो भिडियो यूट्युवमा
सार्वजनिक भएपछि दुई भिक्षुमाथि छानविन सुरु भएको छ । विश्वको सबैभन्दा
धेरै बौद्ध धर्मावलम्बी भएको थाइल्याण्डमा भिक्षुहरुको जिवनशैलीबारे
बेलाबेलामा प्रश्न उठ्ने गरेको छ ।
शारीरिक सुख भोग, मदिरा सेवन लगायतका कारण
गत वर्ष मात्र झण्डै ३ सयलाई भिक्षुलाई भिक्षुको पदवीबाट बर्खास्त गरिएको छ
। युट्युवमा यो भिडियो पोष्ट भएपछि बिश्वभरबाट यसको आलोचना भएको छ ।
थाइल्याण्डको अफिस अफ नेसनल बुद्धिजमले भिडियोमा देखिएका भिक्षुबारे
अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

भिडियोमा
भिक्षुहरुको आचरण बुद्ध दर्शन र जीवनशैली अनुकुल नभएको कार्यालयले जनाएको छ
। भिडियोमा देखिनेहरु खान्तिथेम बिहारमा रहेका भिक्षुहरु रहेको भन्दै
उनीहरुलाई यस्तो ब्यबहार नदोहोर्याउन चेतावनी दिइएको छ ।
0 comments
Write Down Your Responses