नम्रता बनिन् यामाहा रे दूत

२७ चैत, काठमाडौं । जापानिज मोटरसाइकल कम्पनी यामाहाले नयाँ स्कुटर ‘यामाहा रे’ नेपाली बजारमा भित्र्याको छ । कम्पनीले यामाहा रेको बजार प्रवर्द्धन गर्न नायिका नम्रता श्रेष्ठलाई सद्भावना दूत बनाएको छ ।
namrata-shresthaयामाहाको नेपालका लागि आधिकारिक वितरक एम. ए. डब्लु इन्टरप्राइजेज प्रालिले सोमबार राजधानीमा एक समारोहको आयोजना गरी ‘यामाहा रे’ स्कुटर सार्वजनिक गरेको छ । चार रङमा उपलब्ध ‘यामाहा रे’ स्कुटरको नेपाली बजारमा १ लाख ५८ हजार ९ सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले मंगलबारदेखि देशभरिका शो-रुमबाट स्कुटरको विक्री सुरु गर्ने बताएको छ । नेपाली बजारमा आएको ‘यामाहा रे’ स्कुटर जापानी प्रविधिबाट भारतमा निर्माण गरिएको हो ।
‘यामाहा रे’ ११३ सीसी इञ्जिन क्षमता भएको स्कुटर हो । स्कुटरका ट्रान्समिसन सेटिङहरु नेपाली सडक अनुकुल बनाइएको छ ।
yamaha-ray
सुरक्षालाई ध्यानमा राखेर कम्पनीले १३० मिलि मिटर ड्रम ब्रेक प्रविधि जडान गरेको छ । स्कुटरको सिटमुनिको भागमा हेल्मेट तथा ब्याग राख्न मिल्ने ठूलो ठाउँ रहेको छ । स्कुटर महिला तथा पुरुष दुबैका लागि उपयोगी हुने कम्पनीले दाबी गरेको छ । स्कुटरले प्रतिलिटर ४० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.