राजधानीका एघार गाविसलाई नमूना सहर बनाइने
कीर्तिपुर- काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त केशव स्थापितले काठमाडौंका दक्षिण पश्चिम भेगस्थित ११ गाविसका जग्गा एकत्रित गरी आधुनिक सहर बनाउने बताएका छन्। काठमाडौं उपत्यका विकास प्राधिकरणको आयोजनामा दहचोकमा आयोजित छलफल कार्यक्रममा उनले दहचोकलगायतका ११ वटा गाविसलाई स्थानीयवासीको सहकार्यमा नमुना सहरका रुपमा निर्माण गरिने उल्लेख गरे।
दहचोक, बाडभञ्ज्याङ्ग, थानकोट, सतुङ्गल, महादेवस्थान, पुरानो नैकापलगायतका ११ गाविसलाई आधुनिक सहरका रुपमा विकास गर्न यस क्षेत्रमा जग्गा एकीकृत गरी विकास गर्ने र प्रत्येक सर्वसाधारणको स्तर अभिवृद्धि हुने गरी चार वर्षीय योजना अघि बढाइने उल्लेख गरे।
कार्यक्रममा दहचोक गाविसका पूर्व गाविस अध्यक्ष हरिशरण थापाले काठमाडौं पश्चिमभेगमा प्रयाप्त सम्भावना रहेर पनि ओझेलमा परिरहेको उल्लेख गरे। कार्यक्रममा दहचोक गाविसका सचिव भुवनहरि अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतका वक्ताहरूले काठमाडौँ दक्षिण–पश्चिम भेगको एकीकृत विकासका लागि यहाँका सम्भाव्यताको खोजी गरिनु आवश्यक रहेकामा जोड दिए।

|
0 comments
Write Down Your Responses