भारतको केदारनाथमा आएको बाढीमा परी सात नेपालीको मृत्यु
कालीकोट- यही असार २ गतेदेखि आएको वर्षाका कारण भारतको केदारनाथ मेलामा आएको बाढीबाट कालीकोटका सात जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लालु गाविसका धर्मराज भण्डारा, गङ्गाबहादुर विष्ट, धनबहादुर विष्ट, मिमबहादुर शाही, सत्य शाही, हिरा विष्ट र विरही थापा रहेका छन्।
भारतको केदारनाथबाट दीपक विष्टले टेलिफोनमार्फत कालीकोटका स्थानीय सञ्चार माध्यमलाई जानकारी गराउनुभएको हो। उहाँका अनुसार अकस्मात आएको बाढीले सबै हताहत भएको अवस्थामा आफूसँगैका साथीहरु को कहाँ दौडे थाहा भएन । अन्तमा भारत सरकारले उद्धार गर्ने क्रममा आफूसँगका साथी हेलिकोप्टरमा चढेको नदेखेपछि खोजी गर्दा मृत अवस्थामा छ जनाको शव भेटिएको बताए।
उनका अनुसार लालु गाविसका दुई जना अझै वेपत्ता छन् । भारतको केदारनाथ मेलामा के कति वेपत्ता भए र उनीहरुको अवस्था के छ भन्ने बारेमा अझै जानकारी पाउन सकिएको छैन।

0 comments
Write Down Your Responses