बालिका बलात्कार गर्न खोज्ने घिसिङ पक्राउ

महोत्तरी, १४ असार । महोत्तरीको माईस्थानमा १३ वर्षीया बालिकामाथि बलात्कार प्रयास भएको छ । माईस्थान– ३ बस्ने १३ वर्षीया बालिकालाई माईस्थानकै ४६ वर्षीय बमबहादुर घिसिङले आफ्नै घरमा टिभी हेर्न आएको बेला बलात्कार प्रयास गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएकी छिन् । घिसिङले बालिकालाई बलात्कार गर्न खोज्दा बालिका चिच्याएपछि गाउँलेहरूले उद्दार गरेका थिए । घटना असार १२ गते नै भए पनि गाउँलेहरूले लोक लाजका कारण प्रहरीमा ढिलो खबर गरेका थिए । खबर पाउनेवितिकै प्रहरीले घिसिङलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ भने बालिकालाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक भीष्म हुमागाइँले जानकारी दिनुभयो ।भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.