दाङ सल्यान सडक खण्ड ६ दिनदेखि अबरुद्ध
५ साउन, दाङ । पहिरो खसेर ६ दिनदेखि अवरुद्ध दाङ सल्यान सडक खण्ड अझै सुचारु हुन सकेको छैन् । सल्यानको टुनिवोट, अरिङगाले, सल्ले खोला, शंखमुल, कपुरकोटको चोर खोलामा पहिरो खस्नुका साथै सडक बगेपछि सवारीका साधन चल्न सकेका छैनन् । बाटो अवरुद्ध हुँदा तुलसिपुर हुदै सल्यान, रुकुम र रोल्पा आउने जाने गाडिहरु चल्न नसक्दा नागरिकहरु मारमा परेका छन् ।
सडकमा खसेका ठुला ठुला ढुङगा बलाष्ट गरेर हटाउन १९ नम्बर बाहीनि तुलसिपुरको नेपाली सेनाले बिहानैदेखि काम थालेको छ । पहिरो हटाउन सल्लेखोला र अरिगाँले खोलामा खसेका ढुङगा हटाउन आज बिहान ३ वटा बलाष्ट गरिएको सल्यान प्रहरीले जानकारी दिएको छ ।
यस अघि हिजो सम्म लगातार बर्षा भैरहेका कारण पहिरो हटाउन समस्या भएपनि आज भने मौसम सफा रहेकाले बिहानै देखी नेपाली सेना, प्रहरी र स्थानियहरु पहिरो हटाउन लागेका छन् । सवारी आवागमन नहुदा सल्यानमा ३० लाख मुल्यको तरकारी कुहिएको छ । दर्जनौ तरकारी बोकेका गाडिहरु गाउँमै रोकीएका छन् ।
उता प्युठानमा लगातारको वर्षालेसदरमुकाममा पहिरो जाँदा दर्जनौ घर सहित सरकारी कार्यालय जोखिममा परेका छन् । यस्तै रुकुम सदरमुकाम खलंगामा खसेको पहिरो अझै हटाईएको छैन । गत सोमबार झरेको पहिरोका कारण दैनिक सयौं सर्वसाधारणले सास्ती व्यहोरीरहेका छन् । पुष्पलालचौक स्थित प्रहरी विट नजिकै झरेको पहिरोले सवारीका साधन सहित पैदल यात्रुलाई समेत आवतजावतमा समस्या पारेको छ ।

0 comments
Write Down Your Responses