विश्व ट्वान्टी–२० छनोटमा नेपालको सुरुआती प्रतिद्वन्द्वी डेनमार्क (खेलतालिका सहित)
काठमाडौं– नेपालले विश्व ट्वान्टी–२० छनोटमा डेनमार्कसँग पहिलो खेल खेल्ने भएको छ। युएईमा नोभेम्बर १५ देखि हुने ट्वान्टी–२० विश्वकपको छनोट प्रतियोगिता ३० सम्म चल्नेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले प्रकासित खेलतालिका नेपाल क्रिकेट संघले सोमबार उपलब्ध गराएको हो। शुक्रबार राती इङ्ल्यान्डमा भएको युरोपियन छनोट प्रतियोगिता डिभिजन १ को फाइनलमा इटालीसँग १८ रनले पराजित भएसँगै डेनमार्क विश्व ट्वान्टी–२० छनोटको समूह 'बी' मा परेको हो । नेपाल र डेनमार्कसँगै समूह 'बी' मा अफगानिस्तान, स्कटल्यान्ड, नेदरल्यान्डस, केन्या, पपुवा न्युगिनी, बर्मुडा छन् ।
समूह 'ए' मा आयरल्यान्ड, नामिबिया, क्यानाडा, युगान्डा, अमेरिका, युएई, हङकङ तथा इटाली छन् । दुवै समूहका शीर्ष ५ टोली दोस्रो चरणमा जाने छन् । त्यसबाट शीर्ष ६ टोलीले अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० मा स्थान पाउने छ । समूह 'बी' का टोलीहरू दुबई केन्द्रित भएर बस्ने छन् । समूह 'ए' का टोलीहरू अबुधावी केन्द्रित हुनेछन् ।
प्रतियोगिताअघि नेपालले दुबईमा आयोजक युएईसँग नोभेम्बर १२ मा र अमेरिकासँग नोभेम्बर १३ मा अबुधावीमा अभ्यास खेल खेल्नेछ । आइसिसीले सबै टोलीलाई उपलब्ध गराएको अभ्यास खेलमा नेपालले युएई र अमेरिकालाई प्रतिद्वन्द्वी पाएको हो ।
नेपालले दुई वर्षअघि युएईमै प्रतियोगिताको पछिल्लो संस्करणमा डेनमार्कसँगै केन्या, पपुवा न्युगिनीलाई पराजित गरेको थियो । पपुवासँग अर्को खेलमा पराजित भयो । नेपालले सातौं स्थानमा प्रतियोगिता टुंग्याउनुअघि अफगानिस्तान र नेदरल्यान्डससँग पनि पराजित भएको थियो । स्कटल्यान्डसँग नेपाली राष्ट्रिय टोलीले पहिलोपल्ट खेल्न लागेको हो । बर्मुडालाई उसैको भूमिमा पराजित गर्दै नेपालले तीन महिनाअघि एकदिवसीयको विश्व क्रिकेट लिग डिभिजन ३ प्रतियोगिता जितेको थियो ।
नेपाल समावेश समूह 'बी' मा स्कटल्यान्ड, नेदरल्यान्डस, अफगानिस्तान, केन्या गरी विश्व क्रिकेट लिग डिभिजन १ का चार टोली छन् । पपुवा न्युगिनी डिभिजन २ को टोली हो । नेपाल दुई महिनाअघि बर्मुडामा डिभिजन ३ को उपाधि जित्दै डिभिजन २ मा उक्लेको थियो । बर्मुडा डिभिजन ३ मै अडिएको टोली हो ।

नेपालका खेल
नोभेम्बर १५ – विरुद्ध डेनमार्क, ग्लोबल क्रिकेट एकेडेमी–२, दुबई
नोभेम्बर १६ – विरुद्ध केन्या, ग्लोबल क्रिकेट एकेडेमी–२, दुबई
नोभेम्बर १८ – विरुद्ध स्कटल्यान्ड, ग्लोबल क्रिकेट एकेडेमी–२, दुबई
नोभेम्बर १९ – पपुवा न्युगिनी, शारजहाँ
नोभेम्बर २० – नेदरल्यान्डस, शारजहाँ
नोभेम्बर २२ – अफगानिस्तान, शारजहाँ
नोभेम्बर २३ – बर्मुडा, ग्लोबल क्रिकेट एकेडेमी–१, दुबई

-नागरिक दैनिक
0 comments
Write Down Your Responses