बिमानस्थल कर भोलिदेखि टिकटमै गाभिने !
३१ असार, काठमाण्डौ । आन्तरिक उडानमा क्रममा यात्रुहरुले बिमानस्थलमा लाइन लागेर कर तिर्नुपर्ने बाध्यता भोलीदेखि हट्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णयअनुसार मुलुकका मुख्य चारवटा आन्तरिक बायुसेवा कम्पनीले बिमानस्थल कर पनि यात्रुको टिकटमै समावेश गर्न सुरु गरेका छन् । साउन १ गतेदेखि बिमानस्थल करवापत यात्रुले तिर्ने २ सय रुपैयाँ टिकटमै जोडिने भएको छ । नयाँ ब्यबस्थापछि यात्रुहरुले बिमानस्थल पुगेर कर तिर्न लाइन बस्नुपर्ने झण्झट गर्नुपर्ने छैन् । अन्तराष्ट्रिय उडानमा भने यसअघि पनि टिकटमै कर समावेश हुन्थ्यो ।
बुद्ध, यति, सिम्रिक र तारा एयरले साउन १ गतेदेखि लागू हुनेगरी नयाँ ब्यबस्था गर्न लागेका छन् । यी चारवटा बायुसेवाले मुलुकको ९५ प्रतिशत आन्तरिक हवाईयात्रु ओर्साछन् ।
बिमान सेवा कम्पनीहरुका अनुसार पहिलो चरणमा यो सेवालाई काठमाण्डौमा लागू गरिएको छ । काठमाण्डौ बाहिरका बिमानस्थलमा पनि यो प्रकृयालाई विस्तार गरिने उनीहरुले बताएका छन् । बुद्ध एयरका म्यानेजर रुपेश जोसीले भन्नुभयो-’ तीन महिनाभित्रै काठमाण्डौं बाहिरका बिमानस्थलबाट यात्रा गर्दा पनि टिकटमै कर समावेश हुने ब्यबस्था गरिसक्छौं ।’
तर सिंगल इन्जिन जहाजबाट पहाडी तथा हिमाली क्षेत्रमा उडान गर्ने बिमान कम्पनी र हेलिकोप्टर कम्पनीले भने यो ब्यबस्था लागू गर्नका लागि केही थप समय माग गरेका छन् । प्राधिकरणका महानिर्देशक रतिसचन्द्र लाल सुमनले उनीहरुसंग छलफल गरेपछि टिकटमै कर समावेश गर्ने प्रकृया सुरु हुने बताउनुभयो ।
त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थगलका अनुसार सन् २०१२ मा सवैखाले आन्तरिक बिमान सेवा कम्पनीले कम्पनीले करिव १५ लाख यात्रुलाई सेवा प्रदान गरेका थिए ।
भिडियोको लागी तल क्लिक गर्नुहोला नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णयअनुसार मुलुकका मुख्य चारवटा आन्तरिक बायुसेवा कम्पनीले बिमानस्थल कर पनि यात्रुको टिकटमै समावेश गर्न सुरु गरेका छन् । साउन १ गतेदेखि बिमानस्थल करवापत यात्रुले तिर्ने २ सय रुपैयाँ टिकटमै जोडिने भएको छ । नयाँ ब्यबस्थापछि यात्रुहरुले बिमानस्थल पुगेर कर तिर्न लाइन बस्नुपर्ने झण्झट गर्नुपर्ने छैन् । अन्तराष्ट्रिय उडानमा भने यसअघि पनि टिकटमै कर समावेश हुन्थ्यो ।
बुद्ध, यति, सिम्रिक र तारा एयरले साउन १ गतेदेखि लागू हुनेगरी नयाँ ब्यबस्था गर्न लागेका छन् । यी चारवटा बायुसेवाले मुलुकको ९५ प्रतिशत आन्तरिक हवाईयात्रु ओर्साछन् ।
बिमान सेवा कम्पनीहरुका अनुसार पहिलो चरणमा यो सेवालाई काठमाण्डौमा लागू गरिएको छ । काठमाण्डौ बाहिरका बिमानस्थलमा पनि यो प्रकृयालाई विस्तार गरिने उनीहरुले बताएका छन् । बुद्ध एयरका म्यानेजर रुपेश जोसीले भन्नुभयो-’ तीन महिनाभित्रै काठमाण्डौं बाहिरका बिमानस्थलबाट यात्रा गर्दा पनि टिकटमै कर समावेश हुने ब्यबस्था गरिसक्छौं ।’
तर सिंगल इन्जिन जहाजबाट पहाडी तथा हिमाली क्षेत्रमा उडान गर्ने बिमान कम्पनी र हेलिकोप्टर कम्पनीले भने यो ब्यबस्था लागू गर्नका लागि केही थप समय माग गरेका छन् । प्राधिकरणका महानिर्देशक रतिसचन्द्र लाल सुमनले उनीहरुसंग छलफल गरेपछि टिकटमै कर समावेश गर्ने प्रकृया सुरु हुने बताउनुभयो ।
त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थगलका अनुसार सन् २०१२ मा सवैखाले आन्तरिक बिमान सेवा कम्पनीले कम्पनीले करिव १५ लाख यात्रुलाई सेवा प्रदान गरेका थिए ।
0 comments
Write Down Your Responses