रेखा थापालाई फकाउने हिम्मत कस्को ? (भिडियो सहित)

पेरिसडाँडामा भित्रिएको २ महिना नबित्दै नायिक रेखा थापाको साईनो रुखसँग गाँसियो । अघिल्लो हप्ता मनोरञ्जन समाचारमा यो नै सबैभन्दा चर्चित समाचार शीर्षक बन्यो ।
केही महिनाअघि उनी अमेरिकामा चर्चित बनिन् । उनी एकीकृत नेकपा माओवादीमा प्रवेश गरेर पेरिसडाँडा रेखा पुगिन् भन्दा चलचित्र उद्योगमै भुईचालो गयो । आलोचना र समर्थनले उनी आफै अलमल्ल परिन् ।
फेरि अर्को समाचार रेखाकै नाममा आयो, विवाह गर्दिन तर बच्चा जन्माउन चाहान्छु । नियमित नेपाली मनोरञ्जन समाचारमा चासो राख्नेहरुअचेल भन्छन : सञ्चार माध्यममा रेखा र चर्चा अब नङ्ग र मासु जस्तै बन्दैछ ।
रेखा अहिले फेरि मलाई फकाउने को भन्ने कुरा सोच्दैछिन् । उनी भन्छिन् ‘फकाउने हिम्मत छैन, पाउने किस्मत छैन ।’ सधैं चर्चा र स्क्यान्डलमा छाईरहने रेखालाई खुशी पार्न निकै गार्‍हो छ । आशैको गुलेलीमा नजरको मट्याङ्ग्राले निशाना लगाएर हिर्काउदा पनि उनलाई फकाउन गार्‍हो छ ।

निर्माता छविराज ओझासँग पहिलो विवाह गरेकी रेखाले भर्खरै बृक्ष ‘बर’सँग दोस्रो विवाह गरिन् । फेरि स्लोली स्लोली गर्दै उनी अर्को चर्चा बटुल्न लागि परेकी छिन् । युट्युबबाट सार्वजनिक गरिएको चलचित्र कालीको ‘स्लोली स्लोली’ बोलको गीतबाट चर्चा बटुल्ने दाउमा रहेकी रेखा यो गीतबाट निकै आशावादी देखिएकी छिन् ।
“सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला पछि अब पालो स्लोली स्लोलीको हो” रेखा चलचित्रको गीतले सबैको मन जित्नेमा निकै ढुक्क देखिन्छिन् । स्लोली स्लोलीमा नायिका रेखा थापासँग नायक किशोर खतिवडा देखिएका छन् । गीतलाई वीरगञ्ज आसपासमा खिचिएको हो । “बिरगञ्जको तातो घाम र गर्मीको प्रवाह नगरी गीतको छायाँकनमा गरेको मेहनत अहिले गीतमा हेर्दा निकै खुशी छु” रेखा भन्छिन् “सबैबाट गीतको राम्रो प्रतिक्रिया पाईरहेकी छु, हेरिराख्नुस यो गीत हिट हुन्छ ।” गीतले मागेको सम्पुर्ण प्रोपर्टीहरु जुटाईएकोले पनि गीत राम्रो बनेको रेखाको दाबी छ ।
कविराज गहतराजले गीतको आकर्षक कोरियोग्राफी गरेका छन् । बसन्त सापकोटाको संगीत रहेको यो गीतमा प्रल्हाद तिमल्सिना र मिलन अमात्यले आवाज सुन्न सकिन्छ । गीतमा शब्द रचना अमृता नेपालको रहेको छ ।
स्त्री शक्तिको महिमा देखाउन खोजिएको चलचित्र ‘काली’ असोज २५ गते अल नेपाल रिलिज गर्ने रेखाले योजना बनाएकी छिन् । सोही मितिमा रेखाका पूर्वपति छविराज ओझाले बनाएको चलचित्र ‘लोफर’ पनि रिलिज हुदैछ ।

स्लोली स्लोली गीतमा रेखाको नृत्य तलको भिडियोमा हेर्नुहोस ।

भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.