प्रहरीमा पनि चुनाव केन्द्रित सरुवा-बढुवा, उपत्यकाका प्रभागमा डीएसपी

७ साउन, काठमाण्डौं ।निर्वाचन आचारसंहिता लाग्ने भएपछि तीन दिनयता ठूलो संख्यामा सुरक्षाकर्मीहरूको सरुवा तथा बढुवा गरिएको छ । आचारसंहिता लाग्नुअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरूको ठूलो संख्यामा सरुवा तथा बढुवा भएको हो । गृह मन्त्रालय तथा मातहत निकायहरूले निर्वाचन आयोगको आचारसंहिता नलाग्दै आइतबार मध्यरातिसम्म सरुवा बढुवाका निर्णय गरेका हुन् । चुनावी सुरक्षालाई ध्यान दिँदै सात महिनाअघि सरुवा भएका सुरक्षा अधिकारीहरूलाई पनि आइतबार सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले आइतबार ६७ प्रहरी उपरीक्षक (एसपी) र १ सय १ प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको हो । त्यसैगरी, ४७ प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई डीएसपीमा बढुवा गरेको छ भने ७६ प्रहरी नायब निरीक्षक (सइ) लाई प्रहरी निरीक्षकमा बढुवा गरेको छ । बढुवा भएर पनि महानगरीय प्रहरी परिसर काठमाडौंको अप्रेसन शाखामा रहेका उत्तम सुवेदीलाई जिल्ला प्रहरी कार्यालय धनुषाको प्रमुख बनाइएको छ भने महानगरीय आयुक्त कार्यालयका धिरजप्रताप सिंहलाई तराईको आकर्षक तथा चुनौतीसमेत रहेको पर्सा प्रहरी प्रमुख बनाइएको छ । त्यस्तै, महानगरीय अपराध महाशाखामा रहेका प्रद्युम्न कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुख बनाएको छ भने नारायणसिंह खड्कालाई काठमाण्डैँ परिसरमा ल्याइएको छ । काभ्रेमा केन्द्रीय अनुसन्धान ब्युरोबाट अरुणकुमार बीसीलाई पठाइएको राजधानी दैनिकमा खबर छ ।

यसअघि त्यहाँ कमलबहादुर घर्ती थिए । सर्लाहीमा रवीन्द्रकुमार धानुकलाई पठाइएको छ भने जगतमान श्रेष्ठलाई महानगरीय प्रहरी परिसर भक्तपुर तथा गणेश ऐरलाई मकवानपुर प्रमुख बनाइएको छ । यसैगरी, शरदकुमार खत्री, दाङ, हरिबहादुर पाल महानगरीय अपराध महाशाखा, दिलीप चौधरी एयरपोर्ट, राजेन्द्रप्रसाद चौधरी कञ्चनपुर र घनश्याम अर्याललाई महानगरीय प्रहरी परिसर ललितपुरमा सरुवा गरिएको छ । यस्तै, विष्णुहरि गौतम नवलपरासी, दिनेश अमात्य सप्तरी, गोपीमान श्रेष्ठ तनहँु, रवीन्द्रप्रसाद शर्मा कपिलवस्तु, विश्वराज पोखरेल मोरङ, पूजा सिंह इटहरी ट्राफिक, पीताम्बर अधिकारी केन्द्रीय अनुसन्धान ब्युरो, पूर्णचन्द्र जोशी सिरहा, विक्रम थापा रूपन्देही, मोहनराज जोशी कैलाली र निरजबहादुर शाही लागूऔषध अनुसन्धान ब्युरोमा सरुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयले आइतबारै बढुवा भएका डीएसपीहरूको पनि पदास्थापन गरिएको छ । दिलीप घिमिरेलाई लागूऔषध ब्युरो, प्रजित केसी ट्राफिक महाशाखा, सन्तोषसिंह राठोर धनुषा, वामदेव गौतम अञ्चल प्रहरी धौलागिरी र विनोदराज खरेल केन्द्रीय प्रहरी समाचार कक्ष, कृष्ण खड्कालाई क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतमा पदस्थापन गरिएको छ । प्रहरी प्रधान कार्यालयले यस पटकबाट काठमाडौं उपत्याकास्थित प्रहरी प्रभागमा पनि डीएसपी खटाइएको छ । दरबारमार्गमा चन्द्रकुवेर खापुङ, जनसेवामा उमेश जोशी, गौशालामा अविनारायण काफ्ले, सोह्रखुट्टेमा गणेश चन्द, सातदोबाटोमा राजेन्द्र थापा क्षत्री, थानकोटमा वीरबहादुर बुढा, बालाजुमा गंगा पन्त र प्रभु ढकाललाई महाराजगन्ज सरुवा गरिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.