विद्युतको महसुल ८० रुपैयाँ तिर्न १६ सय खर्च
७ साउन, भोजपुर । विद्युत् प्राधिकरणले उपभोक्ताको पहुँचमा विद्युत महसुल काउन्टर नराख्दा भोजपुरको ग्रामिण भेगका बासिन्दा न्यूनतम महसुल बुझाउन सदरमुकाम धाउन बाध्य छन् । उनीहरुले सर्वसाधारणलाई दुई चार घन्टा हिँडेर पुग्ने ठाउँसम्म काउन्टर राख्न माग गरेका छन् ।
जिल्लाको उत्तरी भेगका दिङ्ला, झ्याउपोखरी, साङपाङ, बोया, हेलौंछा, पूर्वी क्षेत्रका चम्पे, प्याउली, चरम्बी, याकु, तिवारीभञ्ज्याङ, श्यामसिला लगायत विभिन्न गाविसका बासिन्दाले आ आफ्नो क्षेत्रमा महसुल काउन्टर राख्न प्राधिकरणसँग माग गरेका हुन् । सदरमुकाम भन्दा टाढाका बासिन्दाले भोजपुर सदरमुकाममा रहेको विद्युत प्राधिकरणको कार्यालयमा महसुल बुझाउन आउँदा कम्तीमा १ हजार ६ सय रुपैयाँभन्दा बढी खर्च हुने गरेको गुनासो गरेका छन् । गाउँमा प्रायः न्यूनतम युनिट ८० रुपैयाँमात्र महसुलको बील आउने गरेको छ । त्यही मासिक महसुल तिर्नका लागि सदरमुकाम आउँदा जाँदा गाडी भाडा १ हजार र खान बस्नका लागि दैीनक ३ सय गरी एक हजार ६ सय रुपैयाँ खर्च हुने गरेको विद्युत् उपभोक्ता चम्पेका नारायण आचार्यले बताए ।
विद्युत उपभोक्ताले स्थलगत रुपमा दक्ष प्राविधिक जनशक्तिसहित कार्यालय भए आफ्नो समस्या सुनुवाई हुने आशा गरेको कान्तिपुर दैनिकमा खबर छ ।
0 comments
Write Down Your Responses