मन्त्री कहिल्यै बन्दिनँ : महतो

सर्लाही- सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो मन्त्री नबन्ने घोषणा गरेको एक दिन नबित्दै मुख्य मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिको पदका लागि मन्त्री कहिल्यै नबन्ने प्रष्ट पारेका छन्। पार्टी बिस्तार र साथीहरुलाई अवसर दिन म मन्त्री बन्दिन महतोले भने। शनिबार जनकपुरमा मन्त्री पदमा नबस्ने घोषणा गरेका महतोले आइतबार मलंगवामा पत्रकार सम्मेलन गरी त्यागको राजनीति गरेर पार्टी विस्तार गर्दै मूख्य मन्त्री वा सोभन्दा माथिको पद स्विकार्ने बताए। गृह जिल्ला सर्लाही सदरमुकाम मलगंवामा जनताको आवश्यक्ता पूरा गर्न मन्त्री नबन्ने घोषण गरेर त्यागको राजनीति शुरु गरेको बताए।

'मधेसमा त्यागको राजनीति अपनाएर जातीय राजनीति इन्कार गर्नुपर्ने समय आएको छ,' उनले भने। पहिलो संविधान सभाको चुनावपछि मधेसका नेताले मन्त्री बन्नका लागि नै मधेस टुक्रा–टुक्र बनाएको उनले आरोप लगाए। मधेसलाई सत्ता चढने भर्यापङ्ग बनाउनुभएन, उनले भने, 'देशमा मधेसलाई त्यागको राजनीति चाहिएको छ।’ मधेसमा जातीवादको राजनीतिले शोषण बढाएको महतोले उनले भने, ' मधेसमा हुने जातीय राजनीति देशमा घातक सावित भएको छ।’

कुनै पनि जातिय अहंकारवादले अधिकारप्रतिको आन्दोलनलाई बल नपुग्ने हुँदा एकल जातिय अहंकारवादलाई निरुत्साहित गर्नुपर्ने अध्यक्ष महतोले बताए। एकल जातिय पहिचानका आधारमा हुने राज्य पूनर्संरचना मधेशका लागि नै अहित हुने अध्यक्ष महतोले भने। सदभावना पार्टी एकल जातिय पहिचान सहितको राज्य पूनर्संरचनाका लागि कहिल्यै सहमति र सम्झौता नगरेको उनले प्रष्ट पारे। नागरिकता विना मतदाता नामावली संकलन नगर्नु भन्ने सर्बोच्च अदालतको आदेश संविधान विपरित रहेको महतोको जिकिर गरे। निर्वाचनमा अधिक भन्दा अधिक मतदातालाई सहभागिता गराउनुपर्ने उल्लेख गर्दै अध्यक्ष महतोले अदालतको आदेशबाट ५० लाख जनता मतदानबाट वञ्चित भएको बताए।

मंसिर ४ मा निर्वाचणको विकल्प नरहेको महतोले बताए। निर्वाचनका लागि मधेसी दलहरु बिच एकिकृत र मोर्चा बन्दीको बहस जारी रहेको उनले भने। चुनाव रोकेर रोकिँदैन, महतोले भने, 'चुनावको मिति र सरकार परिवर्तणको माग छोडेर चुनाव गराउन नेकपा–माओवादी सहति आन्दोलित दलको अन्य सान्दर्भिक माग पुरा गराउन सकिन्छ।’ कुनैपनि बहानामा आगामी मंसिर ४ गते निर्वाचन नभए मुलुकमा कहिल्यै पनि निर्वाचन हुन नसक्ने उनले दावी गरे। कुनै दल विशेषको विरोधका कारण चुनावको तिथी सार्ने हो भने मुलुकमा कहिल्यै पनि निर्वाचन हुँदैन, उनले भने, 'आज वैद्यजीहरुले विरोध गर्लान् भोली अरु कसैले त्यस्तै बहानामा चुनावको तिथी सार्दै गए कहिल्यै चुनाव हुँदैन।’ लोकतन्त्रमा जनतामा जानबाट कसैले रोक्न नसक्ने उल्लेख गर्दै अध्यक्ष महतोले त्यस्तो दुस्प्रयास गर्नेलाई राज्यले उचित कदम चालेर अगाडि बढ्नुपर्ने बताए।

निर्वाचनको विरोध गरिरहेका मधेशमा क्रियाशिल सशस्त्र भूमिगत संगठनलाई पनि उनले निर्वाचनको विरोध नगर्न आग्रह गरे। बन्दुक पड्काएर र बम फोडेको भरमा संविधान नबन्ने उनले भने। मधेसी नेतालाई कारवाहि र बम पडकाएर संघियता नआउने उनले टिप्पणी गरे।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.