चेलिवेटीसँग अनैतिक क्रियाकलाप गरेको भन्दै प्रहरी चौकी तोडफोड

गोरखा गाउँका चेलिवेटी सँग अनैतिक क्रियाकलाप गरेको भन्दै गोरखाको बारपाकका स्थानीयले गए राती प्रहरी चौकीमा तोडफोड गरेका छन्। बारपाक प्रहरी चौकीमा कार्यरत जवान रोशन सिंहले स्थानीय एक युवती सँग नजिकै स्कुल छेउमा अनैतिक क्रियाकलापमा संलग्न भएको गाउँलेले आरोप लगाएका छन्। गाउँको चेलिवेटीलाई आँखा लगाएको भन्दै हिजो नै डेढ सय भन्दा बढी स्थानीय युवाले चौकी घेरेर झ्याल ढोका फुटाउनुका साथै, चौकी भित्रको समानहरु सबै छरपस्ट बनाएको प्रहरी नायव उपरीक्षक बसन्त कुँवरले बताए। रमना बुझेर आज सरुवा हुन लागेका सिंहले हिजो साँझ बारपाककी एक युवती सँग भेट गरेको स्थानीयको आरोप छ। 
 
युवतीसँगै रहेको अवस्थामा केही युवाले जवानलाई कुटपिट गरी लखेटेका थिए। त्यसको केही समय पछि गाउँलेहरु चौकीमा पुगेर जवानलाई बाहिर निकाल्न भन्दै चौकी तोडफोड गरेको घटना पछि त्यहाँ पुगेका प्रहरी निरीक्षक खुमबहादुर भुसालले बताए। गए राती नै जौवारीबाट प्रहरी निरीक्षकको कमाण्डमा १९ जना प्रहरी त्यसतर्फ गएका छन्। अहिले स्थानीय र प्रहरीबीच हिजोको घटनाको बिषयमा छलफल भइरहेको छ। जवरजस्ती गरेको प्रमाण भेटियो भने कानुन अनुसार र बिभागिय कारवाही गरिने गोरखाका प्रहरी प्रमुख कुँवरले बताए। घटना भएको ठाउँ गोरखा सदरमुकामबाट १८ कोश टाढा पर्छ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.