टिचिङ अस्पतालको वार्षिकोत्सवमा डाक्टर भगवान कोइराला रोए

काठमाडौं — त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डाक्टर भगवान कोइराला अस्पतालको वार्षिकोत्सवमा मञ्चमै रोएका छन्। सोमबार दिउँसो अस्पतालको ३१ औं त्रिभुवन विश्वविद्यालय बाहेक सरकारले अस्पताललाई २६ करोड रुपैयाँ प्रदान गरेको र सो रकम जनताको सेवामा अधिकतम लगाउन आफूले काम गरिरहेको कोइरालाले बताए। 'सरकारले दिएको पैसाको अधिकतम सदुपयोग गर्छु र त्यसको फल जनता समक्ष पुर्‍याउँछु', सुधार कार्यक्रम बारे बोल्दै उनले भने। त्रिवि शिक्षण अस्पताललाई सुधार कार्यक्रममा सरकारले बचनवद्धता पूरा नगरेको एवं त्रिविले असहयोग गरेको भन्दै गत फागुनमा कोइरालाले कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले कोइरालालाई तत्कालै बजेट विनियोजन गर्ने एवं त्रिविले सुधार कार्यक्रमलाई सघाउने जनाएपछि १८ दिनपछि उनी काममा फर्किएका थिए। २०५८ देखि २०६६ सालसम्म शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नेतृत्व सम्हालेका कोइरालाले त्यसपछि त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए।

0 comments

Write Down Your Responses

Powered by Blogger.