निर्वाचनमा ३० स्थानबाट प्रचण्डको उमेद्धारी सिफारिस !

१० भदौ, काठमाण्डौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डले आगामी संविधानसभाको निर्वाचनमा मधेसबाट उम्मेदवारी दिने घोषणा गरेलगत्तै मधेसका विभिन्न चार जिल्लाका साथै ३० भन्दा बढी स्थानबाट उहाँको नाम सिफारिस भएको छ । मंसिर ४ गते चुनावका लागि जिल्लाहरुबाट उम्मेदवारको नाम सिफारिस भइरहेकेा अवस्थामा मधेसको चार जिल्लाबाट उहाँको नाम सिफारिस भएको हो तर उहाँले धुनषाबाट चुनाव लड्ने पक्का भएको गोरखापत्र दैनिकमा खबर छ । राष्ट्रिय मधेसी मुक्ति मोर्चाका अध्यक्ष रामकुमार शर्माका अनुसार सिरहा, धनुषा, महोत्तरी र नवलपरासीबाट उहाँको नाम सिफारिस भएको छ । यी चार जिल्लाबाट नाम सिफारिस भए पनि अध्यक्ष प्रचण्ड धुनषाबाट चुनाव लड्ने निश्चित भएको पार्टीका प्रवक्ता अग्नि सापकोटाले बताउनुभयो । मधेसका अन्य जिल्लाबाट पनि नाम सिफारिस भएको छ तर उम्मेदवारी दिने घोषणा पहिले नै भएका कारण उहाँले मिथिलाको धनुषा जिल्लाबाट उम्मेदवारी दिने पक्का भएको तर कुन क्षेत्रबाट लड्ने भन्ने टुंगो नलागेको बताउनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.