नेपाली महिला हङकङमा वकिल
१० भदौ, हङकङ । हङकङ आएर रेस्टुरेन्टमा काम गर्ने परम्परा तोड्दै धरानकी रिगम राईले उच्च न्यायालयबाट सोलिसिटर (अधिवक्ता) को उपाधि लिएकी छन् । सिटी युनिभर्सिटीबाट ‘पोस्ट सर्टिफिकेट इन ल’ पिसिएल गरेकी राई हङकङमा पहिलो नेपाली महिला सोलिटिटर हुन् । राईले शनिबार उच्च न्यायालयमा सोलिसिटरको सपध लिँदा बधाई दिन एक हुल नेपाली पुगेको नागरिक दैनिकमा खबर छ । सिटी युनिर्भसिटीबाट २०११ मा पिसिएल पूरा गरी ‘यियोङ एन्ड कम्पनी’ मा दुई वर्ष प्रशिक्षाथीए काम गरेपछि ३४ बर्षकी राईलाई न्यायालयले ‘रजिस्टर्ड सोलिसिटर’ को मान्यता दिएको हो । थप दुई वर्ष अरुको र्फममा काम गरेपछि उनले हङकङमा आफ्नै र्फम खोल्न सक्नेछिन् । सन् १९९७ मा हङकङ पुगेकी उनले सुरुमा आम नेपाली जस्तै रेस्टुरेन्टमै काम गरेकी थिइन् ।
|
0 comments
Write Down Your Responses