बिरामी बोक्न खोटाङमा दिन दिनै हेलिकोप्टर ! एक पटकको खर्च १ लाख ५५ हजार
१० भदौ, खोटाङ । बिरामीलाई जिल्लाबाहिरका अस्पतालमा लैजान समस्या परेपछि आफन्तले दैनिक हेलिकोप्टर चार्टर्ड गर्ने गरेका छन् । जिल्ला अस्पतालले रिफर गरेका बिरामीलाई काठमाण्डौंसम्म पुर्याउन खोटाङमा शुक्रबारदेखि दैनिक हेलिकोप्टर चार्टड गरिएको छ । जिल्लामा भरपर्दो यातायात सेवा विस्तार नभएका कारण बिरामीलाई अस्पतालसम्म लैजान एकलाख ५५ हजार रुपैयाँसम्म खर्च गरी हेलिकोप्टर प्रयोग गरिएको आफन्तहरुले बताएका छन् । आइतबार रतन्छाका एपेन्डिसाइटिसकी बिरामी बिना राईलाई काठमाण्डौं लैजान एक लाख ५५ हजारमा हेलिकोप्टर चार्टर्ड गरेको आफन्त भरतराज राईले बताएको नयाँ पत्रिकामा खबर छ ।
|
0 comments
Write Down Your Responses