भारतीय नागरिकद्धारा सुनका गहना लुटपाट

gold
काठमाडौं,  भदौं । भारतीय नागरिक पंकज झाले काठमाडौंको ठमेलस्थित सुन पसलबाट बहुमूल्य गरगहना लुटेर फरार भएका छन् ।
भारतको मधुवनी कोइला घर भएका ३५ बर्षीय झाले आफैले काम गर्ने सुनपसलबाट मंगलबार गरगहना लुटपाट गरेका हुन् । झा ठमेलमै डेरा लिएर बस्दै आएका थिए ।
भारत उत्तर प्रदेश घर भएका ४५ बर्षीय रजन रस्तोगीले ठमेलमा संचालन गर्दै आएको ‘जेम्स स्टोर सुनका गरगहना पसल’बाट झाले गरगहना लुटपाट गरेका हुन् ।
झाले सुनका गहना, मोतीको स्टोन माला, औंठी राख्ने पत्थर, नगद १८ हजार रुपियांसहित करीव ४ लाख बराबरको सामान लिएर भागेको प्रहरीले जनाएको छ । प्रहरीले झाको खोजतलास जारी राखेको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.