स्तनपान कसरी गराउने ?

१९ साउन, मकवानपुर । मकवानपुर जिल्ला स्वास्थ्य कार्यालय मकवानपुर जनस्वास्थ्य अधिकृत सुनिलकुमार श्रीवास्तवले कतिपय आमाहरूले स्तनपान गराउन नजानेकै कारण बच्चाहरू दूध खान नमान्ने, झगडालु हुने र कुपोषणको सिकार बन्ने गरेको बताएका छन् । विश्व स्तनपान सप्ताह मनाइरहँदा जनस्वास्थ्य अधिकृत श्रीवास्तवले आमाहरूले यस्तो विषयमा ज्ञान राख्न आवश्यक भएको बताए । उनले स्वास्थ्य सन्देशको प्रचार–प्रचारको क्रममा फिल्डमा जाँदा अधिकांश आमाहरूले स्तनपान गराउन नजानेको पाइएको बताए ।

‘बच्चालाई जन्मेदेखि ६ महिनासम्म आमाको दूधबाहेक केही पनि खुवाउनु हुन्न, तर धेरै आमाहरू आङ्खनो दूधसँगै पानी, अन्य कुराको रस खुवाउने गरेको पाइयो,’ उनले भने, ‘९८ प्रतिशत आमाहरूले बच्चालाई दूध त चुसाउँछन्, तर दूधसँगै अरू वस्तु पनि खुवाउँछन्, जुन गलत हो ।’ मकवानपुर जिल्लामा ६ महिनामुनिका करिब ५ हजार ५ सयजना बालबालिका छन् । यी अधिकांश बालबालिकालाई आमाको दूधसँगै अन्य वस्तुको रस पनि खुवाउने गरेको उनले बताए । ५३ प्रतिशत आमाहरूले मात्रै ६ महिनामुनिका बालबालिकालाई दूध मात्रै खुवाउने गरेको राजधानी दैनिकमा खबर छ ।

यसैगरी, १९ प्रतिशत आमाहरूले ६ महिनामुनिका बालबालिकालाई स्तनपानसँगै पानी खुवाउने गरेका छन् । यस्तै, १३ प्रतिशत आमाहरूले सो उमेरका बच्चालाई गाई वा भैंसीको दूध पनि खुवाउँछन् । १३ प्रतिशतले दूधसँगै लिटो, जाउलो, तथा २ प्रतिशतले फलपूmलको रस खुवाउने गरेको श्रीवास्तवले बताए । ६ महिनामुनिको बच्चालाई २४ घन्टा अर्थात् १ दिनमा ८ देखि १० पटक र प्रत्येक पटक कम्तीमा १५ मिनेट स्तनपान गराउनुपर्छ । तर, ग्रामीण महिलाहरूले यसो गर्ने नगरेको उनले बताए । श्रीवास्तवका अनुसार १५ मिनेटसम्म आमाको दूधबाट आउने पौष्टिक तत्त्व फरक–फरक हुन्छ । पहिलो पाँच मिनेटसम्म आउने आमाको दूधमा बच्चाका लागि आवश्यक पानीको मात्रा बढी हुन्छ, त्यसपछि बाक्लो दूध आउँछ । उनका अनुसार एकै पटकमा दुवै दूध खुवाउनु पनि राम्रो होइन । ‘एक पटकमा एउटा मात्र दूध १५ मिनेटसम्म चुसाउनुपर्छ, अनि दोस्रो पटकमा अर्को चुसाउनुपर्छ, यसो गर्दा बच्चाले पूर्णरूपमा पौष्टिक तत्त्व पाउँछ,’ उनले भने ।

पूर्ण रूपमा स्तनपान गर्न पाएका बच्चाहरू निरोगी हुनुका साथै, उनीहरू हुर्केपछि पनि मायालु स्वभावका हुन्छन्, मस्तिष्कको राम्रो विकास हुन्छ, आँखाको दृष्टि राम्रो हुन्छ, रक्तनलीहरूको विकास राम्रो हुन्छ । ‘आमाको दूधका १ सय ३० प्रकारका तत्त्वहरू मिसिएको हुनाले यो अमृतसमान हन्छ भनिएको हो,’ उनले भने । आमाको दूध पर्याप्त मात्रामा खुवाउनेले कुपोषण तथा मृत्युदरमा कमी ल्याउन सकिने उनले बताए ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.