अछाममा ६५ वर्षकी वृद्धा बलात्कृत

१९ साउन, अछाम । अछाममा एक ६५ वर्षकी वृद्धा बलात्कृत भएकी छन् । सिउँडी गाविस १ का ५० वर्षका डम्बरबहादुर शाहले ६५ वर्षकी वृद्धालाई जबरजस्ती बलात्कार गरेको उजुरी प्रहरी समक्ष परेको छ । शाहले साउन १६ गत दिउँसो घरमा कोही नभएको मौका छोपेर वृद्धालाई आफ्नो घरमा बोलाएर जबरजस्ती बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक श्यामपैसा पौडेलका अनुसार दिउँसो बलात्कृत भएको भनिएकी वृद्धाले बेलुकी घरमा परिवार जम्मा भएपछि आफू बलात्कृत भएको बताएपछि सो घटना बाहिर आएको हो । सोही रात परिवाले प्रहरीचोकी चौरपार्टीलाई मौखिक उजुरी गरेको थियो । प्रहरीले अभियुक्त शाहलाई १७ गते दिउँसो घरैबाट पक्राउ गरेर हिरासतमा राखेको जनाएको छ । वृद्धाको बिहीबार रातिनै जिल्ला अस्पताल मंगलसेनमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीलाई उदृत गर्दै अन्नपूर्ण पोस्टले खबर छापेको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.