सपना टुटेपछि आत्महत्याको सहारा

९ भदौ, काठमाण्डौं । ६ महिना पहिले देवर–भाउजूको नाता तोड्दै विवाह बन्धनमा बाँधिएका सर्लाहीका नीता र महेशले अघिल्लो महिना दोस्रो पटक आत्महत्या प्रयास गरे । चाबहिलको एक लजमा झुन्डिएर आत्महत्या प्रयास गरेका दुवैले दोस्रो पटक विष सेवन गरी आत्महत्याको बाटो रोजेका हुन् । हाडनाताको सम्बन्ध परिवार र समाज दुवैलाई अपाच्य भएपछि उनीहरूले आत्महत्यालाई आङ्खनो अन्तिम लक्ष बनाएका हुन् । एउटै कलेजमा अध्ययन गर्ने महेश र नीता ११ कक्षादेखि नै एक–अर्कालाई मन पराउँथे । १२ सकेपछि महेश विदेश गए । काठमाडौंमा नै स्नातक गर्दै गरेकी नीताको अर्कै युवकसँग विवाह भयो । विवाहको दुई वर्षपछि देवर फर्किंदा उनी छाँगाबाट खसेजस्तै भइन् किनभने ती देवर अरू कोही नभएर उनका प्रेमी महेश थिए । महेश घर फर्किएको ६ महिनामा उनीहरू घरबाट भागे । परिवारले खोजी गर्न थालेपछि चाबहिलस्थित एक गेस्ट हाउसमा झुन्डिएर आत्महत्या प्रयास गरेका थिए । तर, सल च्यातिएर नीताको खुट्टा भाँचियो र उनीहरू बाँचें । त्यसको झन्डै दुई महिनापछि दुवैले दोहोर्याएर आत्महत्या प्रयास गरे । चाबहिलकै अर्को गेस्ट हाउसमा विष सेवन गरी दोस्रो पटक आत्महत्या प्रयास गरे । कोठामा छटपटाइरहेका बेला गेस्ट हाउस सञ्चालकको आँखा नपुगेको भए सायद उनीहरू दुवैले यस धर्तीबाट बिदा लिइसक्ने थिए । तत्कालै सञ्चालकले अस्पताल पुर्याएर जीवनदान दिए । ‘उनले नै ठेगानाका आधारमा परिवारमा खबर गरेका थिए’, शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारी भन्छन्, ‘तर दुवै पक्षको परिवार हेर्नसमेत आएनन् ।’ शरीरभर आएको कालो दागको उपचार गर्न काठमाडौं आइपुगेकी खोटाङकी सुनिता राईले उपचार नभएपछि अघिल्लो महिना आत्महत्या गरिन् । दिदी–भिनाजूसँग इमाडोलमा बसेकी उनले धारिलो हतियार प्रयोग गरी बाथरुममा घाँटी रेटेकी थिइन् । १८ वर्षकी उनी खोटाङबाट उपचारका लागि अघिल्लो महिना मात्र काठमाडौं आएकी थिइन् । इमाडोल बस्दै आएका दिदी–भिनाजूले विभिन्न अस्पतालमा उपचारका लागि पुर्याए पनि रोग निको हुने आशा नदेखेपछि उनले आत्महत्या गरिन् । एकाबिहानै घरअघिको पसलबाट चक्कु किनेर फर्किएकी राई सरासर बाथरुम गएर आङ्खनै घाँटी रेटेकी थिइन् । अनुसन्धानमा संलग्न प्रहरी सहायक निरीक्षक सुरेशराज भट्ट भन्छन्, ‘शरीरको दाग ठीक नहुने देखेरै एउटी किशोरीले मृत्युको बाटो रोज्दा अरूसँगै हाम्रो मन थामिएन ।’ केही महिनापहिले राजधानीको महँगो मानिने एक कलेजमा अध्ययनरत १७ वर्षीय आशिसले कोठाको सिलिङमा झुन्डिएर आत्महत्या गरे । दलित परिवारका आशिषको आपूmभन्दा चार वर्ष बढी उमेरकी क्षत्री परिवारकी केटीसँग प्रेमसम्बन्ध थियो । प्रेमिकाको विवाह भएको भोलिपल्टै उनले आत्महत्याको बाटो रोजी संसारबाट बिदा लिए । इटहरी–५ की १३ वर्षीया बालिका प्रियंका कार्कीले त्रैमासिक परीक्षामा अनुत्तीर्ण भएकै कारण आत्महत्या गरिन् । फेल भएको मार्कसिटमा बाबा–आमासँग माफी मागेर उनले आत्महत्या गरेकी थिइन् । यी घटनाहरूले मुलुकमा पछिल्लो समय हुने गरेको आत्महत्याको डरलाग्दो तथ्यको उजागर गर्दछ । परीक्षामा असफल, प्रेममा असफल हुनु, भनेजस्तो रोजगारी नभेट्नु, वैवाहिक सम्बन्धमा विचलनजस्ता कारणले आत्महत्या बढेको राजधानी दैनिकमा खबर छ ।
14 August at 11:45 · Like

0 comments

Write Down Your Responses

Powered by Blogger.