जेल भित्रै चक्रेको भव्य पार्टी

१९ साउन, काठमाण्डौं । केन्द्रीय कारारगारमा रहेका डन चक्रे मिलन -मिलन गुरुङ) ले जेल भित्रै भव्य पार्टी दिएर आफ्नो जन्म दिन मनाएका छन् । मंगलबार जेलबाहिरका आफ्ना सहयोगीलाई समेत बोलाएर उनले जेलभित्रै पार्टी गरेका हुन् ।

जेलमा आफन्तबाहेक अन्यलाई भेट्न मनाही भए पनि जेल प्रशासनलाई प्रभावमा पारी उनले पार्टी दिएका हुन् । उनको पार्टीमा केन्द्रीय कारागारको सुरक्षार्थ खटिएका प्रहरीसमेत सहभागी थिए ।

जेल स्रोतका अनुसार मंगलबार दिउँसो करिब तीन बजेपछि उनको पार्टी सुरु भएको थियो । केन्द्रीय कारागारका आफूनिकट सयौं कैदीबन्दीलाई निम्त्याएर उनले पार्टी दिएका थिए । जेलबाहिरबाट पनि चक्रेका १५ भन्दा बढी साथी जेलभित्र गएर पार्टीमा रमाएको शनिबारको नयाँ पत्रिकामा खबर छ । पार्टीमा उनले एक लाख भन्दा बढी खर्च गरेको स्रोतले बताएकोछ ।

केन्द्रीय कारारगारका सुरक्षा प्रमुख डिएसपी रमेश खड्काले चक्रेले जेलभित्रै बर्थडे मनाएको स्विकारे । ‘चक्रेदाइको बर्थडे छ, भन्दै उनका साथीहरु गिफ्ट बोकेर आएका थिए,’ उनले भने ‘जेल भित्रै पसल र रेस्टुरेन्ट हुन्छ, पैसा हुनेका लागि जेलभित्रै पार्टी गर्नु ठूलो कुरा होइन ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.