फुजुल खर्च नगर्न अख्तियारको आग्रह

काठमाडौं- तीजलगायतका चाडपर्व नजिकिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तडकभडक र फुजुल खर्च नगर्न आग्रह गरेको छ। यस्तो प्रवृत्तिले समाजमा प्रतिस्पर्धा बढ्न गइ भ्रष्टाचारले प्रश्रय पाउने भन्दै आयोगले समाजिक कार्य गर्दा मितव्ययिता अपनाउन आग्रह गरेको हो। आयोगले जारी गरेको विज्ञप्ती पढ्नुस् : सवै किसिमको आर्थिक एवं सामाजिक असमानता हटाई विभिन्न जात, जाती, धर्म, भाषा, वर्ण, समुदाय र सम्प्रदाय वीच सामन्जस्य स्थापना गरी न्याय र नैतिकतामा आधारित स्वस्थ सामाजिक जीवनको स्थापना गरी सामाजिक सदभाव कायम राख्ने राज्यको उद्देश्य रहेकेा हुंदा सामाजिक सुधारका लागि सामाजिक, सांस्कृतिक चाडपर्व, समारोह गर्दा तडक भडक तथा फजुल खर्च गर्ने प्रवृत्तिले समाजमा प्रतिस्पर्धा वढन गई भ्रष्टाचारले प्रश्रय पाउने हुँदा सामाजिक कार्य गर्दा मितव्ययिता अपनाउन आयोगले विज्ञप्ति जारी गरेको हो। सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ ले गरेको प्रावधान समय सापेक्ष भए नभएको र त्यसमा संशोधन परिमार्जन गरी ऐन जारी गर्ने नगर्ने विषय नेपाल सरकारको भएको हुंदा आयोगबाट सो सम्वन्धमा यथोचित व्यवस्था गर्न नेपाल सरकारको ध्यानाकर्षण समेत गराई सकिएको व्यहोरा सवैको जानकारीको लागि यो विज्ञप्ती प्रकाशित गरिएको छ। (श्रीधर सापकोटा) सह न्यायाधिवक्ता एवं प्रवक्ता

0 comments

Write Down Your Responses

Powered by Blogger.