बाबुरामका सल्लाहकार कांग्रेसमा प्रवेश
भदौ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका आर्थिक सल्लाहकार भईसकेका
पूर्व अर्थमन्त्री रामेश्वर खनालले कांग्रेसको सदस्यता लिएका छन् ।कांग्रेस पार्टी कार्यालय सानेपामा आज (सोमबार) आयोजित कार्यक्रममा सभापति सुशील कोइरालाले खनाललाई सदस्यता प्रदान गरेका हुन् ।
सदस्यता पाईसके पछि पूर्व अर्थसचिव खनालले आफू कांग्रेसको सिद्धान्त र निर्देशनमा रहेर सधै कार्यकर्ताका रुपमा सक्रिय रहने प्रतिक्रिया दिए । पूर्व सचिव खनाल पाल्पा नगरपालिका वडा नम्वर तीनका स्थायी निवासी हुन् ।
एमालेका नेता भरतमोहन अधिकारी अर्थमन्त्री रहेका बेला केही विषयमा विमती राखेर खनालले अर्थ सचिवको पदबाट राजीनामा दिएका थिए ।
![]() |



0 comments
Write Down Your Responses