३३ दलीय मोर्चासँग अब वार्ता नहुने

काठमाडौं - उच्चस्तरीय राजनीतिक समिति र नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाबीच आज भएको वार्तामा सहमति जुट्न सकेन। राजनीतिक समितिले ३३ दलीय मोर्चासँग अब वार्ता नगर्ने बताएको छ। नयाँ बानेश्वरस्थति समितिको कार्यालयमा भएको वार्तामा वैद्य माओवादी निर्वाचन प्रति गम्भीर हुन नसकेको राजनीतिक समितिको बुझाइ छ। ३३ दलीय मोर्चाले नयाँ राष्ट्रिय सहमतिका आधारमा अधिकार सम्पन्न गोलमेच सम्मेलनद्वारा समस्याको समाधान गर्नु पर्ने र गोलमेचको निर्णयको आधारमा अन्य निर्णय गर्नु पर्ने माग गरेको थियो । मोर्चाले वार्तामा गोलमेच सम्मेलनमा विघटित संविधानसभामा प्रतिनिधित्व गरेका दलहरु, आन्दोलनमा संलग्न राजनीतिक दलहरु र विभिन्न क्षेत्रलाई समेटेर पर्यवेक्षक बताउनु पर्ने माग गरेको थियो। उसले निर्वाचनको मिति, सरकार गठन, नयाँ संविधानको अन्तर्वस्तु, संविधान बनाउने प्रक्रिया र पद्दति, शान्ति प्रक्रियाका बाँकी विषय र १८ बुँदे मागका बाँकी विषयहरुलाई मुख्य केन्द्रमा राखेर आफ्ना कुरा राखेको बताइएको छ । उसले गोलमेचको विधि र प्रक्रिया सहमतिको आधारमा तय गर्ने प्रस्ताव बैठकमा पेश गरेको थियो। यता मोर्चाले भने आफ्ना माग राजनीतिक समितिले वेवास्ता गरेर गम्भीर भुल गरेको बताएको छ। यसअगाडि आज बिहान एनेकपा (माओवादी) र नेकपा–माओवादीबीच छलफल भएको थियो। छलफलको क्रममा माओवादीले मंसिर ४ गतेको निर्वाचनमा सहभागी नहुने बताएको स्रोतले बताएको छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा भएको दुवै माओवादीबीच भएको भेटवार्तामा नाम मात्रको गोलमेच सम्मेलन गरेर अहिलेकै प्रक्रियामा निर्वाचनमा सहभागी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई माओवादी अध्यक्ष मोहन वैद्यले बताएका थिए। हिजो बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले वैद्य माओवादी निर्वाचनमा आउने भए मात्र गोलमेच सम्मेलनको विधि र प्रक्रियामा जान सकिने निर्णय गरेको थियो। भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.